तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नमस्ते एकेडेमीका विद्यार्थीले मलेसियामा सम्पन्न कराँतेमा नेपाललाई दिलाए ८ पदक

रुपन्देहीको तिलोत्तमामा अवस्थित नमस्ते एकेडेमीका विद्यार्थीले हालै मलेसियामा सम्पन्न १९ औं अन्तर्राष्ट्रिय ओकिनवा गोजुरियो ईफोह सिटी कराँते खुल्ला प्रतियोगितामा नेपाललाई ८ पदक दिलाउन सफल भएका छन् । नमस्ते एकेडेमीका विद्यार्थीले प्राप्त गरेको ५ स्वर्णसहित नेपालले कूल ७ स्वर्ण पदक प्राप्त गरेको थियो । नेपालले समग्रमा कूल १० पदक जितेको थियो ।

सम्पन्न प्रतियोगितामा नमस्ते एकेडेमीका विद्यार्थीले नेपाललाई उपाधी दिलाउनमा हाबी देखिए । नमस्ते एकेडेमीका विद्यार्थीले ५ स्वर्ण, १ रजत र २ कास्य पदक दिलाएका थिए । विद्यालयकी प्रशिद्धी शर्मा, देवकुमार शाह, प्रजेश शाह, अरुन शेरचन र रिदेश बस्यालले विभिन्न तौल समूह तथा फरक फरक विधामा स्वर्ण पदक जित्न सफल भएका हुन् ।

यसैगरी आकृति कंडेलले रजत तथा संयाम कंडेल र वैश्नमी वर्माले कास्य पदक दिलाउन सफल भएका हुन् । १२ देखि १४ मे सम्म मलेसियामा सञ्चालन भएको प्रतियोगितामा सहभागी हुन यही वैशाखको २६ गते नेपाली टीम मलेसिया प्रस्थान गरेको टीम म्यानेजर शोभाखर पन्तले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन नेपाल सहित मलेसिया, भारत, इण्डोनेसिया, सिंगापुर, श्रीलंका लगायतका देशको सहभागीता रहेको नेपाल करांते डो संघका प्रमुख प्रशिक्षक तथा संस्थापक अध्यक्ष हरिशरण केसीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित