तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमा नगरपालिकाको हाईवेमा जडान गरिएको फ्रि वाईफाइ प्रभावकारी बन्दै

बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा जडान गरिएको फ्रि वाईफाई प्रभावकारी भएको छ । प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सूचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत गत बैशाख ११ गते फ्रि वाईफाई सञ्चालन गरिएको थियो ।
फ्रि वाईफाइको बैशाख ११ गते सोमबार नगरप्रमुख रामकृष्ण खांण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले संयुक्त रुपमा शुभारम्भ गरेका थिए। योगीकोटी देखी कोटीहवा सम्म को १३ किलोमिटर हाइवे क्षेत्रमा जडान गरेको फ्रि वाइफाइले राम्रो संग काम गरेको छ ।
यसको प्रभावकारीता हुने नहुने बारे अन्यौल भइरहेका बेला एक हप्ताको परिक्षणमा यो सफल देखिएको नगरपालिकाले जनाएको छ । वाइफाइ प्रयोगकर्ताले पनि यसको प्रभावकारीता बढेको बताएका छन् । मणिग्राममा अर्जुन जैसवालले वाइफाइले राम्रो संग काम गरेको र यसले सूचना अद्रान प्रदानका लागि सहज भएको बताए ।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले तिलोत्तमा नगरपालिकाको कटैया सम्को ६ लेनको सूचना राजमार्ग लाई अझै परिस्कृत र परिमार्जित गर्दै लैजाने बताए ।
तिलोत्तमा नगरपालिका प्रविधिमैत्री भएकाले यसले जनताले प्रविधिप्रतिको विश्वास बढाउनुका साथै जनतालाई प्रविधिमैत्री बनाउन पनि यो कार्यको थालिएको उनले बताए । यसले आन्तरिक एवं बाह्य पर्यटकलाई सहज हुने अपेक्षा नगरपालिकाले लिएको उनको भनाई छ । उनले यसबाट आम्दानीको स्रोत समेत बढाउने र विज्ञापन बाट नगरपालिकाले आम्दानी गर्ने पनि बताए ।

उपप्रमुख जागेश्वरीदेवी चौधरीले यो वाईफाइलाई सकारात्मक कार्यमा प्रयोग गर्न सवैलाई आग्रह गरिन ।
नगरपालिकाका सूचना प्रविधी उपशाखा प्रमुख सुदिप ढकालका अनुसार एउटा डिभाईस वाईफाइमा कनेट गरेपछि अन्य कुनै पनि राउटरबाट कनेट गर्नु पर्नेछैन् । हाईवे क्षेत्रमा कुल ३८ वटा राउटर जडान गरिएको छ । एउटा राउटरबाट हाल १ सय वटा डिभाईस कनेट हुने बताइएको छ । यसबाट टिकटक भने चल्ने छैन् ।
‘सकारात्मक र सूचनाका लागि यो फ्रि वाईफाई जडान गरिएको हो । त्यसैले यसबाट टिकटक भने चल्दैन’ उनले भने । उनले यो कार्यक्रम सम्पन्न गर्दा ८५ लाख खर्च लागेको बताए । प्रदेश सरकारको सहकार्यमा २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा कुल ८५ लाख खर्च लागेको उनले बताए ।
बाँकी कार्य पनि यहि आर्थिक बर्षमा गरिने उनले बताए । नेपाल टेलिकम, सुबिसु, वर्डलिंकबाट आएको आईएसपिको माध्यमबाट आएको ईन्टरनेटलाई नगरपालिकाले व्यवस्थापन गरी यो कार्य गरेको उनको भनाई छ । इन्टरनेटको लागि पोल पोलमा राउटर राखिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित