तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

त्रिभुवन युनाइटेड एकेडेमीका कक्षा १२ का विद्यार्थीलाई बिदाई

बुटवल। बुटवल–७ दीपनगरस्थित त्रिभुवन युनाइटेड एकेडेमी कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई सोमबार बिदाई गरिएको छ ।

विद्यालयमा कक्षा ११ का विद्यार्थीहरूले तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा एक विशेष समारोह आयोजना गरी आगामी शैक्षिक यात्राको शुभकामना दिँदै बिदाई गरेका हुन् । एकेडेमीमा कक्षा १२ मा १९५ विद्यार्थी अध्ययनरत छन् ।

सो अवसरमा बोल्दै राष्ट्रिय परीक्षा बोर्ड बुटवल कार्यालयका प्रमुख रोमाकान्त तिवारीले विद्यार्थीले उच्च शिक्षा पूरा गरेपछि देशमै आफ्नो शिप र क्षमता प्रदर्शन गर्न सुझाव दिए । उच्च शिक्षा अध्ययनको लागि विदेश जाने परिपार्टी बढेको भन्दै नेपालकै केही गरेर देश विकासमा योगदान पु¥याउनुपर्ने बताए । पाणिनी कलेजका अध्यक्ष गोपाल घिमिरेले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी देश विकासमा जुटनुपर्ने बताए ।

विद्यालयका प्राचार्य शंकर थापाले छोटो समयमै विद्यालयमा विद्यार्थीको रोजाइँमा परेको भन्दै आगामी दिनमा अझै यसलाई सुधार गर्दै जाने बताए ।

विद्यालयका सहप्राचार्य रामचन्द्र बस्यालले विद्यार्थी र अभिभावकको साहना र रूचि अनुसार अगाडि बढदै जाने बताए । बस्यालले विद्यालयमा आवश्यकता अनुसार अन्य विषयहरू पनि थप गर्दै जाने स्पष्ट पारे ।

कार्यक्रममा विद्यालयका प्लस टु प्रमुख गुरुदत्त पौडेल, प्लस टु संयोजक जनकराज भुसाल, शैक्षिक विभाग प्रमुख भोजराज न्यौपाने, राष्ट्रिय परीक्षा बोर्डका शिव पराजुली, लगायतले बोलेका थिए । कक्षा ११ का विद्यार्थी निसान्त पाण्डेको अध्यक्षता तथा मिसन खत्री र मोनिका कुँवरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरू विभिन्न गीत र नृत्य प्रस्तुत गरी रमाएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित