मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

पेशागत महासंघ नेपाल रुपन्देही द्वारा नवनिर्वाचित पदाधिकारी र सदस्यलाई सम्मान

बुटवल । पेशागत महासंघ नेपाल, जिल्ला समिति रुपन्देहीले सातौ राष्ट्रिय महाधिबेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी महासंघले नेपका एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश ईन्चार्ज छविलाल विश्वकर्माको उपस्थितीमा सम्मान कार्यक्रम गरेको हो । सम्मान कार्यक्रमका साथै सो अवसरमा ०८० सालको भित्तेपात्रो विमोचन समेत गरिएको थियो ।
सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका विश्वकर्माले नेकपा एमालेले पेशाकर्मीहरुको हकहित र अधिकार संरक्षणको लागि पहल कदमि लिने बताए । उनले पेशागत महासंघ घटक संस्थाहरुको ऐन तथा नियमावलीमा टे«ड युनियनको अधिकार सुनिश्चित गर्न पार्टीको तर्फबाट सरकारलाई दवाव दिने समेत बताए ।
यसैगरी पेशागत महासंघका केन्द्रीय महासचिव केदार प्रसाद देवकोटाले पेशागत आन्दोलनमा केन्द्रमा भएको टुटफुट र विखण्डनका विरुद्ध एकताबद्ध भएर लाग्ग्नुपर्ने बताए ।
कार्यक्रममा सातौ राष्ट्रिय महाधिबेशनबाट नव निर्वाचित केन्द्रीय महासचिव केदार प्रसाद देबकोटा, केन्द्रीय सचिव छवि पाण्डे, केन्द्रीय सदस्यहरु रमेश पाण्डे, हरिषचन्द्र विश्वकर्मा, डिल्लीराज बलबासे, बलराम मिश्र तथा केन्द्रीय अनुशासन आयोग सदस्य हरि प्रसाद खनाल र नीति तथा अनुसन्धान आयोगका सदस्य रामप्रसाद पन्थीलाई सम्मान गरिएको थियो ।
कार्यक्रम जिल्ला अध्यक्ष राजिव अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष नरेन्द्रकुमार शर्मा, केन्द्रीय सचिव छवि पाण्डे, केन्द्रीय सदस्य रमेश पाण्डे पेशागत ईन्चार्ज मेघदेव पन्त, निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष प्रेम प्रसाद खनाल, शिक्षक संगठन रुपन्देहीका अध्यक्ष धनिश्वर गौतम, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सचिबालय सदस्य दिपक शर्मा पौडेल, नेपाल विद्युक्त प्राधिकरण कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष कल्पना थापा लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सदस्य नविन घिमिरेले गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित