तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलका विद्यालयले शिक्षा ऐन विपरित शुल्क उठाएपछि अनेरास्ववियु द्वारा ज्ञापन पत्र पेश

बुटवल । शिक्षा निर्देशिका ऐन बिपरीत सस्थागत तथा सामुदायिक बिद्यालयले शुल्क उठाएको भन्दै अनेरास्ववीयु रुपन्देहीले बुटवल उपमहानगरपालिकाको शिक्षा महाशाखामा ज्ञापन पत्र बुझाएको छ ।
रुपन्देहिका सामुदायिक तथा संस्थागत बिद्यालयहरुले चर्को मुल्य उठाएर विद्यार्थी भर्ना गरेको भन्दै अनेरास्ववियुले बताउदै यसको तत्काल छानबिन गरि कार्रबारी प्रक्रिया अगाडी बढाउन माग गर्दै बुटबल उपमहानगरपालिका शिक्षा तथा जनस्वास्थ्य महासाखा प्रमुख मित्रमणि खनालाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्रमा शिक्षा ऐन २०२८ र शिक्षा निमाबली २०५९ ले संस्थागत बिद्यालयको शुल्क निधारण मापदण्ड निदेशिका २०७२ तथा सस्थागत बिद्यालयको मापदण्ड तथा सन्चालन निदेशिका २०६९ को प्रावधान विपरीत मनोमानि ढङगले चर्को शुल्क असुल्ने, तोकिएको पसलमा सामान किन्न पठाउने काम अराजक गतिबिधी भएको उल्लेख छ ।
अनेरास्ववियुका जिल्ला अध्यक्ष शेषकान्त पोखरेलले बिद्यालयहरुले प्रबेश परिक्षाको नाममा चर्को मुल्य लिदै लिएको, बिद्यालयमा बर्षै पिच्छे भर्ना लिदा शुल्क लिने गरेको भन्दै यसलाई अविलम्ब रोक्न उपमहानगरपालिकाको शिक्षा महाशाखामा ज्ञापन पत्र बुझाएको बताए ।
साथै उनले साुदायिक बिद्यालयमा बिद्यार्थीहरुलाई सहज रुपमा भर्ना गरि अध्यानअध्यापन गराउने बताबरण मिलाउन आग्रह समेत आग्रह गरेका छन् ।
शिक्षा तथा जनस्वास्थ्य महाशाखा प्रमुख मित्रमणी खनालले सस्थागत तथा सामुदायिक बिद्यालयले नगरपालिकाले तोकेको मापदण्ड बिपरी कुनै बिद्यालयले चर्को मुल्य ल्यायको भएको तत्काल कारबाहि गर्ने प्रतिबद्धता व्यक्त गरे ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववीयु रुपन्देही जिल्ला अध्यक्ष शेषकान्त पोखरेल सहित केन्द्रीय सदस्य सजन भण्डारी, जिल्ला उपाध्यक्ष भरत अर्याल, रमेश ढकाल लगायत जिल्ला नगर बिद्यालयका अध्यक्ष तथा प्रतिनिधिको सहभागि रहेको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित