तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

दुई सय बढी उपकरण प्रयोग गरेर धमाधम बन्दै बुटवल–नारायगढ सडक (तस्वीरहरु)

पूर्वपश्चिम राजमार्गको बुटवल-नारायणगढ खण्डमा अहिले धमाधम काम भइरहेको छ ।

सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेडका कन्ट्रयाक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले हालसम्म तीन किलोमिटर बढी कालोपत्र गरिएको जानकारी दिए ।

सडक विस्तारका लागि निर्माण कम्पनीले एक हजार बढी जनशक्ति तथा दुई सय बढी उपकरण प्रयोग गरिरहेको उनको भनाइ छ । “सडक विस्तारका लागि ८० टिपर, ३० वटा एक्साभेटर, १३ सेट रोलर र १३ सेट ग्रेडर तथा डोजरसहितका उपकरण प्रयोग भइरहेका छन्”, उनले भने, “कम्पनीको आफ्नै दुईवटा कङ्क्रिट उत्पादन गर्ने प्लान्ट तथा एउटा अक्सपाल्ट (कालोपत्र गर्न आवश्य पर्ने अलकत्रासहितको सामग्री उत्पादन गर्ने) प्लान्ट निर्माण गरेका छौँ ।” डण्डामा रहेको अक्सपाल्ट प्लान्टबाट उत्पादित सामग्री आवश्यक तापक्रम मिलाएर कालोपत्र गर्ने ठाउँसम्म लगेर कालोपत्रको काम भइरहेको उनको भनाइ छ ।

उनले दुई लेयर कालोपत्र सँगसँगै गर्दै आएको बताए । “हामीले सुरुमा छ सेन्टिमिटर अक्सपाल्ट गरेका छौँ, त्यसको दुई दिनमै पुनः चार सेन्टिमिटर अक्सपाल्ट थप गर्दै कामलाई छोट्याएका छौँ”, उनले भने, “यसरी काम गर्न अप्ठ्यारो हुने भए पनि प्रगति देखिने भएकाले सँगसँगै दुई लेयर कालोपत्रको काम गरेका हौँ ।” यस आर्थिक वर्षभित्र ५० प्रतिशत काम गर्ने लक्ष्य रहेको भए पनि वर्षातलगायतका कारण काममा असहज भए पनि ४५ प्रतिशत लक्ष्य भेट्टाउने ठेक्का व्यवस्थापक झाले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित