तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

होटल व्यवसायी संघमा मतदान सकियो, एकहजार ७० मत खस्यो

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको २२ औं साधारणसभा एवं ११ औं अधिवेशन अन्तर्गत मतदान सम्पन्न भएको छ ।

व्यवसायीहरुले अलगअलग दुईवटा प्यानल बनाएर निर्वाचनमा प्रतिष्पर्धा गरेका छन् । एमाले निकट होटल व्यवसायीहरुले बाबुराम गौतमको नेतृत्वमा एकल प्यानल खडा गरेर चुनावी मैदानमा छन् भने काँग्रेस लगायत गठबन्धन दल निकट व्यवसायीहरु लेखनाथ भण्डारीको नेतृत्वमा छुट्टै प्यानल बनाएर चुनावी प्रतिष्पर्धामा छन् ।

शनिबार बिहान ९ बजे सुरु भएको मतदान ४ बजे सकिएको छ । कुल १२ सय ३ मतदाता रहेकोमा १ हजार ७० मत खसेको निर्वाचन समितिले जानकारी दिएको छ । निर्वाचनको मत परिणाम आज रातिसम्म आइसक्ने बताइएको छ । संघमा आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चुनिन लागेको हो ।

संघको कोषाध्यक्ष बाहेकका अन्य पदमा मतदान भएको हो । कोषाध्यक्ष पदमा राम बहादुर न्यौपाने निर्विरोध चयन भएका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित