मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागि २० उद्यमी महिलाहरुलाई सम्मान

बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संचालित दायित्व परियोजनाको नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रममा सहभागि बनेका नगरभित्रका २० उद्यमी महिलाहरुलाई सम्मान गरिएको छ ।
नगर उप–प्रमुख दायित्व ग्रामिण उद्यम द्रुतिकरण कार्यक्रमको चौथो संस्करणका लागि छनोट भएका २० नयाँ उद्यमी नगद पाँच÷पाँच हजार नगद सहित सम्मानित भएका हुन् । नगरभित्रका ६० साना÷मझौला उद्यमी महिलाहरुबाट छानीएका उनीहरुलाई नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरीदेवी चौधरीले सम्मान गरे। उद्यमी महिलाहरुलाई सम्मान गर्दै नगरप्रमुख खाँणले महिलाको इलम, सीप र उद्यमलाई नेतृत्व विकाससँगै उद्यमशिलता तथा आर्थिकोपार्जनका लागि महत्वपुर्ण दायित्वले महत्वपुर्ण भुमिका खेलेको बताए ।
कार्यक्रममा उपप्रमुख जागेश्वरीदेवी चौधरीले महिलाले आफ्नो अधिकार स्थापित गर्न आर्थिकसँगै सामाजिक रुपमा अब्बल हुन आवश्यक रहेको बताउँदै नेतृत्वसँगै क्षमता र आर्थिकोपार्जनमा पुरुषसँगसँगै हिड्नु पर्नेमा जोड दिईन । महिलाको अधिकार स्थापितका लागि सक्रियतानै महत्वपुर्ण भएको भनाई राखिन । कार्यक्रममा तिलोत्तमा ६ का वडाध्यक्ष गणेश पाठक, कार्यपालिका सदस्य राधा शाही, महिला तथा बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख सम्झना भण्डारी, अधिकृत सिता घिमिरे, महिला अधिकारकर्मी मिनाक्षि न्यौपाने, उद्यमी महिला दुर्गाकुमारी भण्डारी लगायतले आ–आफ्ना भनाई राखेका थिए । दयित्वका कार्यक्रम प्रवन्धक कमल थापाको सहजिकरणमा भएको कार्यक्रममा दायित्व कार्यक्रमबारे प्रकाश पार्दै सञ्जय पोखरेलले ६० जनाबाट छानीय २० जनालाई सम्मान गरिएको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित