मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जिल्ला स्तरिय अन्तर मावि निबन्ध प्रतियोगितामा अक्सफोर्ड स्कुलकी करुणा प्रथम

बुटवल । ६६ औं सहकारी दिवसको अवसरमा बुटवलमा आयोजित जिल्ला स्तरिय अन्तर मावि निबन्ध प्रतियोगितामा अक्सफोर्ड स्कुलकी करुणा गैरे प्रथम भएकी छिन् । आवाज बचत तथा क्रृण सहकारी संस्था लिमिटेड बुटवल ६ को सह आयोजनामा भएको निबन्ध प्रतियोगितामा करुणा गैरे प्रथम भएकी हुन ।
सहकारीको दिगोपना, स्वनियमन र शुसासन विषययक निबन्ध लेखनको द्धितिय होराईजन जिविएसका माधव चुदांली भए । त्यसैगरी मणिमुकुन्द माविकी अनुपा ज्ञवाली तृतिय तथा गार्गी एकेडेमीकी एलिसा थापा शान्त्वना भईन ।
आवाज बचत तथा क्रृण सहकारी संस्थाका अध्यक्ष जीवन अधिकारीको अध्यक्षता तथा ६६ औं सहकारी दिवस मुल आयोजक समितिका संयोजक भिम प्रसाद तुलाचनको प्रमुख आतिथ्यतामा भएको प्रतियोगितामा १५ विद्यालयको सहभागिता रहेको थियो । निबन्ध प्रतियोगिताको एक कार्यक्रमका बीच प्रमुख अतिथि तुलाचनले गरे । सो अवसरमा बोल्दै उनले आयातित सहकारी पछिल्लो समय समस्यामा परेको भन्दै स्थानिय स्तरका सहकारीमा कुनैपनि समस्या नभएको बताए ।
कार्यक्रममा रुपन्देही बचत संघका अध्यक्ष बसन्त ढकाल, राष्ट्रिय सहकारी बोर्डका निर्देशक सन्दीप सापकोटा, सहकारीका निवर्तमान अध्यक्ष बावुराम बञ्जाडे लगाएतले बोल्दै सहकारीहरु सिद्धान्त विपरित गएको अवस्थामा बचत कर्ताहरुमा विचलन आउने बताए । कार्यक्रम सहकारीका सचिव बालकृष्ण पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई २० गते देवदहमा हुने सहकारीको मुल समारोह कार्यक्रममा नगद सहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित