तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

पाल्पाको तिनाउमा निशुल्क स्वास्थ्य शिविर

बुटवल । पाल्पाको तिनाउ गाउँपालिकाले शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरको उद्घाटन गर्दै तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले आर्थिक अभाव तथा जनचेतना अभावका कारण स्वास्थ्य परीक्षण तथा उपचार नगराएका नागरिकहरुले शिविरबाट फाइदा लिन सक्ने अपेक्षा व्यक्त गरे । तिनाउ बासीको स्वास्थ्य सेवामा पहुँच बिस्तारका लागि संरचना निर्माण तथा विशेषज्ञ सेवासहितको अस्पताल निर्माणको योजनामा रहेको बताउँदै उनले समय समय निःशुल्क शिविर सञ्चालन गरी स्वास्थ्यको पहुँचमा थप वृद्धि गरिने उल्लेख गरे ।

भौगोलिक विकटता, आर्थिक अभाव तथा जनचेताना अभावका कारण रोग पालेर घरमै बसेका नागरिकहरुलाई निःशुल्क रुपमा स्वास्थ्य परीक्षण तथा औषधि वितरण गरीएको उनले बताए । तिनाउमा निर्माण गरिने १५ शैय्याको अस्पताललाई पूर्णता दिँदै तिनाउ पालिका भित्रै विशेषज्ञ सेवासहित स्वास्थ्य उपचार उपलब्ध गराउने लक्ष्य रहेको उनले बताए ।

तिनाउ गाउँपालिका र बुटवलको मेडिटेक इन्टरनेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा तिनाउका विभिन्न वडाबाट ५ सयबढी सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन् । शिविरमा हाड जोर्नी तथा नशा रोग, स्त्री तथा प्रसुती रोग तथा नाक कान घाँटी लगायत सम्बन्धी स्वास्थ्य सेवा उपलब्ध गराइएको तिनाउ गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण कार्कीले जानकारी दिए । शिविरमा मेडिटेक हस्पिटलकोतर्फबाट स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. सन्तोष रुपाखेती, नाक कान घाँटी रोग विशेषज्ञ डा. प्रकाश बस्नेत, जनरल फिजिसियन डा. सम्भु खनाल, अर्थोपेडिक डा. गोपाल प्रसाद ज्ञवाली, सर्ज डा. भुवन पौडेल, रेडियोलोजिष्ट डा. ज्ञानचन्द्र पौडेल, अस्तालका मेडिकल अधिकृत डा. रोशन थापा तथा समाज डेन्टल क्लिनिकका दाँत रोग विशेषज्ञ डा. अमिर खानले स्वास्थ्य परीक्षण गरेका थिए ।

शिविरमा निःशुल्क ईसिजी, भिडियो एक्सरे, ल्याव टेस्ट तथा औषधी वितरण गरिको जनस्वास्थ्य निरीक्षक कार्कीले जानकारी दिए । शिविर उद्घाटन समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै तिनाउ गाउँपालिका उपाध्यक्ष लाला बहादुर थापाले मानव जीवनका लागि नभई नहुने स्वास्थ्य सेवालाई जनताको पहुँचमा पुर्याउन थप सर्वसुलभ हुन जरुरी रहेको उल्लेख गरे । सबै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउनु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले त्यसका लागि नगरपालिकाले आफ्नो क्षमता र प्राप्त स्रोत साधानको प्रयोग गरी योजना अघि बढाएको उल्लेख गरे । कार्यक्रमको अवसमा बोल्दै प्राविधिक सेवा उपलब्ध गराएको मेडिटके अस्पतालका प्रवन्ध निर्देशक गणेश प्रसाद ज्ञवालीले सामाजिक उत्तरदायित्व अन्तरगत आफूहरुले सहयोग प्रदान गरेको उल्लेख गरे ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित