तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बुटवल मिलनचोक शाखा द्वारा बित्तीय साक्षरता कार्यक्रम सम्पन्न

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड बुटवल मिलनचोक शाखाले” ग्लोबल मनि विक” अन्तर्गत बित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले एक कार्यक्रमका बीच बुटवल ११ देविनगर स्थित नवीन औद्योगिक कदर बहादुर रिता माध्यमिक बिधालयमा बित्तिय साक्षरता कार्यक्रम गरेको हो ।

बिद्यालयको कक्षा ११ मा ब्यबस्थापन संकायमा अध्यनरत करिब १५० जना बिद्यार्थीहरुलाइ बित्तीय साक्षरताको महत्त्व , बैंक तथा बित्तीय संस्थाले गर्ने कार्य तथा सेवा सुबिधाहरु , बचतको महत्त्व , डिजिटल बैंकिग लगायतका विषयबस्तुमा जानकारी प्रदान गरिएको थियो ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड बुटवल मिलनचोक शाखाका प्रबन्धक अमृत थापाको अध्यक्षता, बिधालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सहजीकरण बैंकका लुम्बिनी प्रदेश मार्केटिङ अफिसर आबिश्कार खनालले गरेका थिए भने कार्यक्रमको संचालन बैंकका कर्मचारी प्रभा गौतमले गरेकि थिईन । त्यसैगरी बैंकको भैरहवा साखा , ऐरावती साखा , अर्घाखाँची साखा , अमुवा साखा , कंचन साखा ,करकान्डु साखा र सैनामैना साखाले समेत” ग्लोबल मनि विक” अन्तरगत आजै विभिन्न स्थानमा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकका लुम्बिनी प्रदेश प्रमुख रमेश खड्काले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित