मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू

बुटवल । लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले युवाहरूको लागि गुणस्तरीय प्राविधिक तथा व्यवसायिक शिक्षा र तालीम ‘क्वालिटी’ परियोजना सुरू गरेको छ । स्वीस सरकारको सहयोगमा प्राविधिक शिक्षाको क्षेत्रमा भएका कमी कमजोरीलाई सुधार गरेर युवाहरूलाई गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच पु¥याउन कार्यक्रम सुरू गरेको हो । परियोजनाको विषयमा मन्त्रालयले शुक्रबार विभिन्न पालिकाका प्रमुख÷उपप्रमुखहरू र सरोकारवाला पक्षसँग लुम्बिनीमा प्रादेशिक अभिमुखीकरण कार्यशाला गरेको छ ।
सो अवसरमा बोल्दै प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम प्ररिषद लुम्बिनी प्रदेशका प्रमुख निर्देशक गोपाल आचार्यले प्राविधिक क्षेत्रमा जनशक्तिको ठूलो अभाव रहेकोले त्यसलाई छिट्टो पूर्ति गर्नुपर्नेमा जोड दिए । आचार्यले दरबन्दी अनुसार कर्मचारी नहुँदा समयमै नतिजा र तालीमहरु सञ्चालनमा कठिनाई भएको बताए ।
मन्त्रालयका अधिकृत तथा महाशाखा प्रमुख थानेश्वर ज्ञवालीले प्राविधिक तथा व्यवसायिक शिक्षा एंव तालीम (सिटिइभिटी) लागू भएका शिक्षालय र विद्यालयमा कार्यक्रम सञ्चालन हुने बताए । ‘यो कार्यक्रम प्राविधिक शिक्षामा धेरै सुधार ल्याउनेछ’ ज्ञवालीले भने, ‘प्राविधिक शिक्षालयहरूको ग्रेडिङ गर्ने । क्षमता वृद्धि गर्ने । प्रशिक्षक÷शिक्षकलाई तालीमको व्यवस्था गर्ने र विद्यालय सुधार गर्नेछ ।’
तानसेन नगरपालिका पाल्पाका उपप्रमुख प्रतिक्षा सिंजालीले सिटिईभिटीबाट उत्पादित जनशक्तिलाई नेपालमै रोजगारको अवसर हुनुपर्ने बताए । कार्यक्रममा क्वालिटी परियोजना सहयोग इकाई स्वीस कन्ट्रयाक कार्यक्रमका शिक्षाविद् डा. उषा भण्डारी र परियोजनाका टिम लिडर भानु पण्डितले प्रशिक्षण दिएका थिए ।
लुम्बिनीमा सिटिइभिटीका आंगिक स्कूल १० वटा, पाटनरसिपका ३ वटा, सिटिइभिटी लागू भएका ६० वटा र कक्षा ९ देखि १२ सम्म प्राविधिक शिक्षा सञ्चालन गरेका १०० वटा स्कूलहरू रहेका छन् । कार्यक्रममा मन्त्रालयका शाखा अधिकृत मनोज कुमार गैरे, शाखा अधिकृत लक्ष्मण ज्ञवाली, घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका सदस्य माया खनाल लगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित