तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवल वडा नम्बर ८ द्वारा स्वास्थ्य स्वयंसेविकालाई सम्मान

बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर ८ ले वडा भित्रका १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरेको छ।
शुक्रवार वडा कार्यालय सुख्खानगरमा एक कार्यक्रमको आयोजना गर्दै वडामा सक्रिय १० जना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मान गरिएको हो।
जनस्तरमा स्वास्थ्य सचेतनाको मुख्य वाहकको रूपमा महिला स्वास्थ्य स्वयंसेविकाहरू वडा अध्यक्ष यज्ञ प्रसाद पङ्गेनी, वडा सदस्यहरू तुल बहादुर थापा, सबिता बिक,हरिहर ज्ञवाली लगायतले सम्मान गरेका हुन।
सम्मान कार्यक्रममा बोल्दै वडा अध्यक्ष पङ्गेनीले महिला स्वास्थ्य स्वयंसेविकाहरूको कारणले वडाको स्वास्थ्य सुधार भएको बताउँदै पहिलो प्रयास स्वरूप सम्मान गरिएको बताए। उनले स्वास्थ्य स्वयंसेविकाहरूको लागि आगामी दिनमा सम्मानलाई निरन्तरता दिने बताउँदै नयाँ प्रयास गर्ने बताए। वडा तहमा अहिलेसम्म भएका कामहरूको बारेमा बताउँदै वडा अध्यक्ष पङ्गेनीले अर्को वर्ष ल्याउने योजनाहरूको बारेमा बताए।
कार्यक्रममा बोल्दै वडा सदस्य सबिता विकले अन्य वडाहरूले जस्तै यो वडाले पनि स्वास्थ्य स्वास्थ्य स्वयंसेविका लाई सम्मान गर्ने बताउँदै आगामी वर्षमा पनि अन्य प्रोत्साहनमूलक कामहरू गर्दै जाने प्रतिबद्धता व्यक्त गरिन् ।
स्वास्थ्य स्वयंसेविका वडा संयोजक उमा देवी न्यौपानेले समाज सेवाको भावले काम गरिरहेको बताउँदै वडाले गरेको यो प्रोत्साहनले काम गर्न उत्साह थपेको बताइन् । उनले आगामी दिनमा पनि प्रोत्साहनमूलक कामहरू गर्न आग्रह गरिन् ।
स्वास्थ्य स्वयंसेविका माया गौतमले पछिल्लो समय सरकारले केही प्रोत्साहनको काम गरेको भए पनि अझै पर्याप्त नभएको बताउँदै यसमा ध्यान दिन आग्रह गरिन् ।
कार्यक्रममा उमा देवी न्यौपाने,माया गौतम, सरस्वती घिमिरे, रुक्मिणी भट्टराई, शिला घिमिरे, विनीता भट्टराई, सरस्वती ज्ञवाली, भागीरथी न्यौपाने, मेनुका पुरी गिरी र शिला पौडेललाई ब्याग र छाता सहित सम्मान गरिएको वडा सचिव सुन्दरी आचार्यले जानकारी दिइन् । वडा अध्यक्ष पङ्गेनीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सहायक मिना आचार्यले गरेकी थिइन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित