तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सवारी चालक अनुमती पत्र (लाईसेन्स)को कार्यालयमा राखेको गुनासो पेटिकामा नगद रकम भेटिएपछि…

बुटवल । एकवर्ष सम्म नखोलिएको यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमती पत्र लुम्बिनीको गुनासो पेटिकामा गुनासोका खात भेटिएका छन् ।
यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सबैभन्दा बढि चाप हुने कार्यालय अन्तर्गत पर्दछ । यति धेरै सेवाग्राहीको चाप हुने र गुनासो पेटिकामा गुनासोका खात भरिँदा समेत यातायात व्यवस्था कार्यालय लुम्बिनीले उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकी प्रसाद यादवको अनुगमनपछि मात्रै बल्ल गुनासो पेटिका खोलेको हो ।
पेटिकामा लगाईएको चाबी नभेटिएपछि ताला फोरेर पेटिका खोल्दा गुनासो र केहि कागजातका खात भेटिएका थिए ।

अधिकांश गुनासोहरु कार्यालयको सेवा प्रवाहमा हुने गरेको ढिलासुस्ती र सेवाग्राहीले पाउने दुख र झण्झटबारे थिए ।

२०७६ सालमा लिखित र ट्रायल परिक्षा पास गरेपनि तिनवर्ष सम्म लाईसेन्स नपाएको भन्दै गुनासो लेखेका थिए ।

अर्का सेवाग्राही आशिष परियारले पनि गत जेठ २५ गते कार्यालयको ढिलासुस्तीले आफुजस्तै सेवाग्राहीलाई समस्यामा पारेको गुनासो लेखे ।

पेटिका भित्र कतिपय सेवाग्राहीले गुनासो मात्र होईन काम नबनेपछि लाईसेन्सको लागि भरेका फारम, नागरिकताको फोटोकपी, राजश्व बुझाएका रसिद र नगद रकम समेत राखिदिएका थिए ।


सेवाग्राहीका गुनासो हेरेपछि उद्योग पर्यटन तथा यातायात व्यवस्थामन्त्री जानकी प्रसाद यादवले नियमित रुपमा गुनासो पेटिका खोल्ने र गुनासाहरु सम्बोधन गर्दै जान कार्यालय प्रमुखलाई आग्रह गरे ।

कार्यालय प्रमुख केशव अर्यालले बुटवल दिपनगरबाट बेलबासमा सरेपछि कार्यालय व्यवस्थापनमा लाग्दा गुनासो पेटिकाप्रति ध्यान नपुगेको बताए ।
सुशासन व्यवस्था तथा संचालन ऐन २०६४ ले प्रत्येक सरकारी कार्यालयहरुमा सेवाग्राहीको गुनासो सुन्नका लागि सुझाव पेटिका राख्नुपर्ने स्पष्ट व्यवस्था गरेको छ ।


सोहि ऐनले हरेक तिन दिनमा एकपटक कार्यालयका जिम्मेवार अधिकृतले अन्य कर्मचारीको रोहबरमा सुझाव पेटिका खोल्नुपर्ने भनेको छ ।

सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही र पारदर्शी बनाई सेवाग्राहीलाई छिटो, छरितो र सहज रुपमा सेवा प्रवाह गर्ने उद्देश्यले व्यवस्थापिका संसदले सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ जारि गरेको थियो ।

तर सरकारी कार्यालयहरुले गुनासो पेटिकामा सेवाग्राहीले राखेका गुनासाहरु हेर्ने परम्पराको विकास हुन नसक्दा गुनासा पेटिकाहरु देखाउनका लागि मात्रै राखिएका छन् ।
आफुले राखेका गुनासाहरु सम्बन्धित कार्यालयले तत्काल सम्बोधन गर्नेतर्फ ध्यान नदिंदा गुनासा पेटिकाप्रति सेवाग्राहीको पनि विश्वास हट्दै गएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित