तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु … लुम्बिनीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय, माओवादीलाई थप दबाब लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १५७ जनामा क्षयरोग बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु लुम्बिनीमा कुलपुत्र प्रव्रज्या (फोटो फिचर) पाल्पाली ढाकाको रहस्य, पाल्पा तानसेन यात्रा, सेन राज्यको अन्तिम निशानी ! मर्चवारी गाउँपालिकाका निवर्तमान अध्यक्ष बानियाँको ९१ लाख स्रोत नखुलेको सम्पत्ति एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी                
समाचार :

राजनीतिकाे सिकार बनेकाे बुटवल धागो कारखानाकाे कथा

जीर्ण बनेकाे बुटवल धागो कारखानाले पुनर्जीवन खोजिरहेको छ । बुटवल औद्योगिक क्षेत्रभित्र रहेको कारखानाकाे भवनसँगै करौडौँ मूल्यका मेसिनहरू बेवारिसे अवस्थामा छन् ।

नेपालमा कोरोना भाइरसकाे संक्रमण देखिएपछि कारखानाको केही भागमा अस्थायी कोरोना अस्पताल र आईसीयू बनाइएको छ । अस्पताल र छेउछाउ केही सफा भए पनि अन्य ठाउँमा माकुराले जालो लगाएकाे छ, धुलोले मेसिनहरू ढाकेकाे छ ।

धागो निर्यात गर्ने उद्देश्यले १ चैत २०३९ मा खाेलिएकाे याे कारखाना १३ वर्षदेखि लथालिङ्ग छ । औद्योगिक क्षेत्रभित्र १ सय ४४ रोपनी जग्गामा फैलिएको उद्योग बेवारिसे बनेकाे छ भने सरकारीको करोडौँ लगानी बालुवामा पानीसरह बनेको छ । तर पनि सरकार मुकदर्शक नै छ ।

०३९ सालमा स्थापना भएको कारखानाले ०४८ साउनबाट मात्रै उत्पादन सुरु गरेकाे थियाे । नेपालगञ्जमा कपास खेती, बुटवलमा धागो र त्यही धागोले हेटौँडा कपडा कारखानाबाट कपडा उत्पादन गर्ने योजनाअनुसार सरकारले उद्योग स्थापना गरेको थियाे ।

स्थापनापछि उद्योग सञ्चालनको व्यवस्थापन साल्ट ट्रेडिङ कर्पाेरेसनले लियो । तर, राजनीतिक हस्तक्षेपले व्यवस्थापन बिग्रँदै गयो । त्यसपछि उद्योग सरकार र कर्मचारीको निशानामा पर्‍याे । उद्योगमा कर्मचारी त कहिले सरकार पक्षबाटै हड्ताल हुन थाल्यो । विस्तारै उद्योगले आफ्नो लय गुमायो ।

उत्पादन कम हुन थालेपछि कर्मचारीलाई तलब दिनसमेत हम्मेहम्मे पर्न थाल्याे । धागो कारखाना क्रमशः ऋणमा डुब्दै गयो । त्यसपछि उद्योग बारम्बार बन्द हुँदै खुल्ने क्रम सुरु भयो ।

त्यसपछि सरकारले २०६० सालमा कारखाना साल्ट्र टेड्रिङलाई लिजमा दियो । तर, एक वर्षमै उद्योग चलाउन नसक्ने भन्दै साल्ट्र टेड्रिङ पछि हट्यो । त्यसपछि कारखानाको व्यवस्थापन एलाइड इन्भेस्टमेन्ट (रिलाएन्स ग्रुप) ले लियो । उसले ०६४ फागुनसम्म चलायो । तर, उद्योग ऋण छिचाेलेर माथि उठ्न सकेन । अन्ततः ०६६ असोजबाट सबै श्रमिकलाई अनिवार्य अवकाश दिएर उद्योग बन्द गरियो ।

मन्त्रीहरू निरीक्षण मात्र गर्छन्

धागो कारखाना बन्द भएयता पटक-पटक सरकार फेरबदल भए । मन्त्रीहरू कारखानाको अवलोकन गर्न नगएका पनि हाेइनन् । तर, सञ्चालनका लागि उनीहरू कसैले पहल गरेनन् । कारखाना दिनानुदिन जीर्ण बन्दै गएको छ । बुटवल धागो कारखानाका निमित्त कार्यालय प्रमुख डोलराज शर्मा सरकारले अहिले पनि कारखाना चलाउने वा यसलाई पुनर्जीवन दिनेबारे चासाे नदिएकाे बताउँछन् । मन्त्रीहरूले कारखानामा अवलोकन गरे पनि उद्योग खुलाउन पहल नगरेकाे उनले बताए ।

तत्कालीन उद्योगमन्त्रीहरू अनिल झा, कर्णबहादुर थापा, महेश बस्नेत, सोमप्रसाद पाण्डे, नवीन्द्रराज जोशी, उद्याेगकाे अवलाेकन गरेका थिए ।

उद्योगी के भन्छन् ?

लामो समयदेखि उद्योग बन्द भएका कारण यस क्षेत्रका उद्योगीहरूले भने निजीकरण गरेर वा नयाँ प्रविधि अपनाएर भए पनि उद्योग चलाउनुपर्ने माग गर्दै आएका छन् । रुपन्देही उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष बाबुराम बोहोरा पुरानो प्रविधिबाट उत्पादन गरेर अब प्रतिफल नआउने भन्दै उद्योगमा नयाँ प्रविधि भित्र्याएर मात्र उद्योग सञ्चालन गर्नुपर्ने बताउँछन् ।

‘उद्योगलाई बेवारिसे राख्न भएन । त्यत्राे जग्गामा रहेकाे कारखाना बन्द हुँदा झन् ठूलाे घाटा छ । उद्योग सञ्चालन गर्न सकिँदैन भने त्यो जग्गामा नयाँ उद्योग बनाउन उद्योगीलाई दिनुपर्छ । कम्तीमा रोजगारी त सिर्जना गर्न त सकिन्छ’, उनले भने ।

बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजुले पनि सरकारले उद्याेग चलाउन नसके कारखानाको जग्गामा नयाँ उद्योग स्थापनाका लागि जग्गा निजीक्षेत्रलाई दिनुपर्ने बताए ।

‘त्यहाँको औद्योगिक क्षेत्र सानो छ । उद्योग स्थापनाका लागि थुप्रै निवेदन परेका छन् । त्यसअनुसार मोतिपुर औद्योगिक क्षेत्र आएको छ । त्यसैले धागो कारखानाको जग्गा निजीक्षेत्रलाई दिएमा त्यहाँ ठूला १२ वटासम्म उद्योग चलाउन सकिन्छ’, उनले भने ।

रुपन्देही व्यापार संघका पुर्व अध्यक्ष यमलाल लोहनीले उद्योगलाई नयाँ प्रविधिबाट चलाउनुपर्नेमा जाेड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार