तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु … लुम्बिनीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय, माओवादीलाई थप दबाब लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १५७ जनामा क्षयरोग बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु लुम्बिनीमा कुलपुत्र प्रव्रज्या (फोटो फिचर) पाल्पाली ढाकाको रहस्य, पाल्पा तानसेन यात्रा, सेन राज्यको अन्तिम निशानी ! मर्चवारी गाउँपालिकाका निवर्तमान अध्यक्ष बानियाँको ९१ लाख स्रोत नखुलेको सम्पत्ति एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी                
समाचार :

लायन्स क्लव अफ बुटवल साईनको अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । लायन्स क्लव अफ बुटवल साईनको अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ३२५ पि का प्रथम भिडिजी अर्जुमान सैंजुको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा ३१ युनिट रगत संकलन भएको थियो ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि सैंजुले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै उनले क्लवले सामाजिक दायित्व अनुसार कार्यक्रम गरको धन्यवाद दिए । रक्तदान, जीवनदान भएको बताउदै उनले १८ बर्ष पुरा भएपछि नियमित ३/३ महिनामा रक्तदान गर्न सबैलाई अपिल समेत गरे । क्लवकि अध्यक्ष ईशु देवकोटाले बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रमको अायोजना गरेको र अब क्रमस खाद्दान्य सहयोग, सरसफाई कार्यक्रम गर्ने बताईन ।
रक्तदान कार्यक्रमकि संयोजक श्रृजना गिरीले रक्तदान गर्दा शरिर कमजोर हुने भ्रमका कारण कतिपय रक्तदान गर्न डराउने गरेको भन्दै त्यस्तो भ्रम चिर्न सचेतना जगाउन कार्यक्रमको अायोजना गरिएको बताईन ।
कार्यक्रम क्लवकि प्रथम उपाध्यक्ष गौरी न्यौपानेको स्वागत तथा सचिव लक्ष्मी भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार