मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

लायन्स क्लव अफ बुटवल साईनको अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । लायन्स क्लव अफ बुटवल साईनको अायोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष ईशु देवकोटाको अध्यक्षता, लायन्स ३२५ पि का प्रथम भिडिजी अर्जुमान सैंजुको प्रमुख अातिथ्यतामा भएको कार्यक्रममा ३१ युनिट रगत संकलन भएको थियो ।

रक्त सञ्चार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रमको प्रमुख अतिथि सैंजुले उद्घाटन गरेका थिए । सो अबसरमा बोल्दै उनले क्लवले सामाजिक दायित्व अनुसार कार्यक्रम गरको धन्यवाद दिए । रक्तदान, जीवनदान भएको बताउदै उनले १८ बर्ष पुरा भएपछि नियमित ३/३ महिनामा रक्तदान गर्न सबैलाई अपिल समेत गरे । क्लवकि अध्यक्ष ईशु देवकोटाले बार्षिक कार्ययोजना अनुसार रक्तदान कार्यक्रमको अायोजना गरेको र अब क्रमस खाद्दान्य सहयोग, सरसफाई कार्यक्रम गर्ने बताईन ।
रक्तदान कार्यक्रमकि संयोजक श्रृजना गिरीले रक्तदान गर्दा शरिर कमजोर हुने भ्रमका कारण कतिपय रक्तदान गर्न डराउने गरेको भन्दै त्यस्तो भ्रम चिर्न सचेतना जगाउन कार्यक्रमको अायोजना गरिएको बताईन ।
कार्यक्रम क्लवकि प्रथम उपाध्यक्ष गौरी न्यौपानेको स्वागत तथा सचिव लक्ष्मी भट्टराईको सञ्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित