नुहाउन गएकी प‌द्माको छिमेकीबाटै हत्या, सागरको घरमा भेटियो रगत लतपतिएको खुर्पा र किशोरीको मोबाइल लुम्बिनी वल्र्ड स्कुलले असल अभिभाकत्व र तनाव व्यवस्थापन तालिम आयोजना गर्दै लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु ड्रिम युनिक रुपन्देही सुपरलिग: डिभिजन ‘ए’काे पहिलाे खेलमा सैनामैना विजयी धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज गौतमबुद्ध विमानस्थलमा अवतरण बुटवल-चन्द्रौटा सडक निर्माण गर्न २२ कम्पनीको आवेदन रुपन्देहीको शुद्धोधनमा कुटपिट गरी वृद्धको हत्या पश्चिम नेपाल बस व्यवसायी प्रा.लिमा चुनावी रौनक बुटवलका केही मासु पसलमा व्यवसायीकाे मनपरी, २ वटा मासु पसललाई जरिवाना गराइयाे एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै                
समाचार :

जनकल्याण र चन्द्रसूर्यको एकीकृत कारोबार सुरु, प्रथम भेलाबाट सेवा केन्द्र विस्तार तथा सञ्चालक समिति गठन

बुटवल । जनकल्याण बचत तथा ऋण सहकारी संस्था र चन्द्र सूर्य सहकारी संस्था बीचको एकीकरणसँगै विहिबार बुटवलमा भएको भेलाले सेवा केन्द्र स्थापना तथा सञ्चालक समिति गठन गरेको छ ।

चन्द्र सूर्यलाई सेवा केन्द्रका रुपमा विस्तार गरिएको हो । यसैगरी एकिकरणपछि जनकल्याण बचत तथा ऋण सहकारी संस्थाका लागि सुरज भट्टराईको अध्यक्षमा सञ्चालक समिति गठन गरिएको हो ।

यसअघि बनेको तदर्थ समितिलाई मान्यता दिँदै बनेको नयाँ सञ्चालक समितिलाई संस्थापक अध्यक्ष तथा सहकारी अभियान्ता जिल्ला सहकारी संघ रुपन्देहीका अध्यक्ष भिम तुलाचनले सपथ तथा गोपनीयताको सपथ गराएका छन् ।

सहकारीको उपाध्यक्षमा डिल्लीराज अर्याल, सचिव यादव प्रसाद भण्डारी, कोषाध्यक्ष गंगाप्रसाद ढकाल, सह–सचिव लक्ष्मी प्रधान र सह–कोषाध्यक्ष मणी प्रसाद अधिकारी रहेका छन् । सदस्यहरुमा इन्द्रप्रसाद भट्टराई, रोजी गौचन, शारदा ज्ञवाली र यमलाल पन्थ रहेका छन् । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा खेमानन्द अर्याल तथा सदस्यहरुमा माधव गौतम र पवित्रा पन्थी(आचार्य) रहेका छन् ।

सहकारी एकीकरण भएपछि आयोजना गरिएको प्रारम्भिक भेला तथा चन्द्र सूर्य सेवा केन्द्र शुभारम्भको अवसरमा बोल्दै लुम्बिनी प्रदेश सहकारी दर्ता कार्यालयका प्रमुख भिमप्रसाद तिवारीले सहकारी मर्यादा र सीमा रहेर कारोबार गर्न सुझाब दिए ।

सदस्यहरुलाई सहकारीको माध्यमबाट उत्पादनमा जोड्न आग्रह गर्दै उनले प्रदेशभित्र रहेका सहकारीहरुलाई नियमन गरी त्यसतर्फ प्रेरित गरिने उल्लेख गरे । यसैगरी सहकारीका संस्थापक अध्यक्ष तथा अभियान्ता भिम तुलाचनले केही सहकारीहरुले आफ्नो मर्यादा र सीमा बाहिर गएर कारोबार गर्दा आर्थिक संकटमा बसेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै सञ्चालक समितिका अध्यक्ष सुरज भट्टराईले वर्तमान समयमा सहकारी क्षेत्रको वातावरण निकै खराब हुँदै गएको भएपनि सहकारी नीति अनुसार चलेका र स्थानीयको नियन्त्रणमा रही सञ्चालनमा रहेका सहकारीहरुमा त्यस्तो समस्या नभएको प्रष्ट पारे ।

जिल्ला बाहिर मुख्य कार्यालय स्थापना गरी स्थानीय स्तरको पूँजी पलायन गर्ने र त्यस अनुसारको व्यवस्थापन गर्न नसक्ने सहकारीहरुमा जोखिम बढी रहेको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार