तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

रोहिणी–३ मा निःशुल्क आँखा शिविर, ४ सय बढी लाभान्वित

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ मा एकदिने निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । रोहिणी–३ वडा कार्यालयको आयोजना तथा लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा शुक्रबार शिविर सम्पन्न भएको हो ।
स्थानीयबासीलाई आँखासम्बन्धी रोगको उपचार घरदैलोमै होस् भन्ने उद्देश्यले शिविरको आयोजना गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । शिविरको उद्घाटन गर्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

शिविरमा ४ सय जना बढीको आँखा परीक्षण भएको थियो । जसमध्ये १२० जनाको मोतीयाबिन्दुको निःशुल्क शल्यक्रियाका लागि लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷श्री रण अम्बिका शाह आँखा अस्पतालमा पठाइएको अस्पतालका बाह्य कार्यक्रम संयोजक संजीब अधिकारीले जानकारी दिए ।

आगामी दिनमा पनि शिविरलाई निरन्तरता दिइने रोहिणी–३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित