तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

बुटवलको साढे तीन किलोमिटर सडक निर्माणको काम ६ बर्षमा जम्मा ३० प्रतिशत सकियो

  • निर्माण कम्पनीले पटक–पटक झुक्याएकाले ठेक्का तोड्न नागरिकको दबाब
  • बुटवल । बुटवलमा निर्माणधिन ६ लेनको सडक निर्माण थालेको ६ बर्ष पुरा भइसक्दा अझै पनि पूरा हुन सकेको छ ।
    अहिले सडक निर्माणधिन अवस्थामा छ ।
    साढे तीन किलोमिटर सडक निर्माण गर्न यति धेरै समय लाग्नुले नेपालमा निर्माणको गति कसरी अघि बढेको छ भन्ने प्रष्ट हुन्छ ।

    ६ लेनको बनाउन २०७३ चैत १७ गते ठेक्का सम्झौता भएपछि अहिले सडकको काम जम्मा ३० प्रतिशत मात्र भएको छ ।

    ठेक्का सम्झौता गर्दा यो सडक ३० महिना भित्र सम्पन्न गर्ने भनिएको थियो । तर घरधनीको मुद्धा मामिला, सडकको क्षेत्रभित्रका घरहरु हटाउन घरधनीको आनाकानी, ठेकेदारलाई राजनीतिक दलबाट भएको सपोटले काम सुस्त गतिमा भइरहेको छ ।

    स्थानिय तह निर्वाचनको समयमा त सडक निर्माणको जस पाईने भएकाले चुनावभर बुटवलको सडकमा काम नगर्न राजनीतिक दलले ठेकेदारलाई दवाव समेत दिएका थिए ।

    ठेकेदारले काम नै रोकेको थियो । तर निर्वाचन पछि काम नभएको भन्दै ठेकेदारको टेण्डर सम्झौता रद्द गर्ने भनिएपनि राजनीतिक दलकै आंडमा ठेकेदारले सडक निर्माणको म्याद थप गरेको थियो ।

    अहिले राजमार्ग चौराह देखि सडक निर्माण भइरहेको भएपनि सुस्त गतिमा काम भइरहेको छ । सडक भत्काएर त्यत्तिकै छाडिएको छ । कतै सडक वान वे बनाइएको छ ।
    सडक वान वे भएकै कारण बसपार्कमा गत हप्ता मात्र दुर्घटना हुँदा पत्रकार मनोज हिताङगाको मृत्यु समेत भएको छ । बांकी ७० प्रतिशत सडक कहिले कसरी सकिने हो, जवाफसमेत कसैसित छैन ।

    बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाले निर्माण कम्पनी द कञ्चनजंघा बिरुवा जेभीमार्फत पूर्व–पश्चिम र उत्तर–दक्षिण राजमार्ग विस्तार थालेको थियो । अहिले आयोजना बन्द भएको छ । बाँकी सडक निर्माणको जिम्मा संघीय सरकारअन्तर्गतको डिभिजन सडक कार्यालयले लिएको छ ।

    इन्जिनियर अरुण खत्रीले आउँदो १५ महिनामा सक्ने लक्ष्य रहे पनि निर्माण कम्पनीको बेवास्ताले सडक निर्माण अलपत्र परेको बताए ।

    सुरुका तीन वर्ष स्थानीयले सडक क्षेत्रका घर भत्काउन नमान्दा ढिलाइ भएको थियो । तीन वर्षयता निर्माण कम्पनीले कामै नगर्दा लम्बिएको छ । म्याद थप्ने बेलामा काम गरेजस्तो देखाउने कञ्चनजंघा बिरुवा जेभीले सम्झौतापछि कामै गर्दैन ।

    गत साउनमा निर्माणको तेस्रो पटक म्याद थप गर्दा निर्माण कम्पनीले २०७९ चैतसम्ममा ७० प्रतिशत र २०८० असार २९ सम्ममा सबै काम सक्ने कार्ययोजना बुझाएको थियो । तर, सम्झौतापछि काम गरेन । आगामी असार मसान्तसम्म पनि काम पूरा नहुने पक्का भएपछि सडक डिभिजन कार्यालयले फागुन ४ गते १५ दिनभित्र ठेक्का सम्झौता किन नतोड्ने भन्दै सूचना प्रकाशन गरेको छ ।

    गत वर्ष पुष्पलाल चोकदेखि बसपार्कसम्म गिट्टी बिछ्याएर कम्पनीले एक वर्ष म्याद थप गराएको थियो । यसपालि ठेक्का सम्झौता तोड्न सक्ने सूचनापछि मिलनचोकदेखि बसपार्कसम्म गिट्टी फिँजाएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअगाडि अस्थायी कालेपत्र गरेको छ । इन्जिनियर खत्रीले सरकारी निकायले सडक निर्माणका लागि सबै सुविधा दिए पनि कम्पनीले काम नगरेको बताए । ‘सडक अलपत्र पारिराख्नुभएन,’ उनले भने, ‘चित्तबुझ्दो कारण नआए ठेक्का तोडिनेछ ।’

    निर्माण कम्पनीले पटक–पटक झुक्याएकाले यस पटक भने ठेक्का तोडेर अर्कै प्रक्रियाबाट भए पनि सडक निर्माण सक्नुपर्ने नागरिकको दबाब छ । पारदर्शी सरोकार समूह बुटवलका उपसचिव दीपक ढकालले पहुँचका भरमा ठेक्का लिने तर निर्माण पूरा नगर्ने कम्पनीलाई कारबाही गरेर सडक पूरा गर्नुपर्ने बताए ।

    सडक निर्माणका लागि ४७ करोड ३२ लाखमा ठेक्का लिएको कञ्चनजंघा बिरुवा जेभीले अहिलेसम्म १३ करोड ८५ लाख रुपैयाँ लगिसकेको छ । बुटवल मात्र होइन, यस कम्पनीले बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत तीनवटा ठेक्का लिएकामा तीनवटै काम पूरा नगरेको सडक कार्यालयले जनाएको छ । यही कारण आर्थिक वर्ष २०६८/६९ मा सुरु भएको सडक अलपत्र छ । बरु नसकिँदै भत्कन र भासिन थालेको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित