तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्दा सिद्धबाबा मन्दिर अनेत्र स्थान्तरण गर्नुपर्ने, धर्मशाला हटाउन पत्रचार गरियो

बुटवल । सिद्धबाबा क्षेत्रमा निर्माण गर्न लागिएको सुरुङ मार्गको कारण तिनाउ गाउंपालिका वडा नं. ३ मा रहेको सिद्धबाबा मन्दिर अनेत्र स्थान्तरण गर्नुपर्ने भएको छ ।
विगत लामो समय देखि मन्दिर स्थानान्तरणको कुरा चलेपनि यसको गुरुयोजना निर्माण नभएको कारण मन्दिर स्थान्तरणको काम अगाडी बढ्न सकेको छैन् । सिद्धबाबा मन्दिरविकास समितिका अध्यक्ष सन्तोष कुमार शेचरनका अनुसार मन्दिरको गुरुयोजना निर्माण गरी मन्दिर स्थानान्तरण गर्ने योजना रहेको बताए ।
सिद्धबाबा सुरुङ निर्माण आयोजनाले हाल मन्दीरको देब्र्रे पट्टी निर्माण गरी धर्मशाला सहितका व्यवसायीक सटर हटाउनको लागि पत्राचार समेत गरिसकेको उनको भनाई रहेको छ ।

सुरुङ मार्ग सुरुवात हुने विन्दुबाट सवारी साधान आगमनलाई डाईभर्ट गर्नको लागि राजमार्ग को बायां स्थानमा रहेका व्यवसायीक सटर सहित धर्मशाला समेत हटाउनुपर्ने अवस्थामा आएको अध्यक्ष शेरचनले बताए ।
मन्दिरको स्थापनाको लागि हाल सिद्धबाबा मन्दिररहेको स्थान देखि केही सय मिटर पुर्व पट्टी रहेको जंगलमा केही सम्म परेको स्थान समेत पहिचान गरिएको छ ।
जहां पहिरो जाने संभावना कम रहेको कारण त्यहां मन्दिरस्थापना गर्न सकिने प्रारम्भीक आंकलन गरिएको छ । यद्यपी मन्दीरको गुरुयोजना निर्माण गरी कुन मन्दिर कहां बनाउने, कस्तो बनाउने, भन्ने विषयमा विस्तृत छलफल हुन बांकी रहेको अध्यक्ष शेरचनको भनाई रहेको छ ।

यस क्षेत्रकै पुरानो मन्दीरको रुपमा रहेको सिद्धबाबा मन्दिर सडक स्तरउन्नती संगै निर्माण हुन लागेको सुरुङ मार्गले थप संकटमा पारेको छ ।
पहिलो चरणमा मन्दीरको धर्मशाला हटाउनुपर्ने सर्त राखेको सुरुङमार्ग निर्माण आयोजनाले निकट भविश्यमा सडक विस्तार संगै मन्दिरपनि सार्नुपर्ने प्रारम्भीक जनाउ दिएको छ । मन्दीरको गुरुयोजना निर्माणको लागि समेत धेरै बजेट लाग्ने भएको कारण त्यसको प्रबन्ध गर्नका लागि विभिन्न निकाय संग सहकार्य संमन्वय भैरहेको मन्दिर विकास समितिका सचिव अरविन्द्र पाण्डेयले बताए । उनका अनुसार प्रदेश सरकार, संघीय सरकार स्थानीय तिनाउ गाउंपालिकालाई यो विषयमा पटक पटक आग्रह गरिएको हो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित