तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

शिक्षामा अहिलेको पढाउन तरिकाले काम गर्न छाड्योः शिक्षाविद कोइराला

बुटवल । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालाले शिक्षकहरुले अहिले पठन पाठकको तरिका शिक्षामा काम नगर्ने अवस्थामा पुगेको बताएका छन् । अब विद्यार्थीले किताबमा उत्तर खोजेर नभई अनुसन्धान र प्रकृतिसँग जोडन चिन्तन गर्ने गरी शिकाई आवश्यक रहेको जोड दिए ।
एनसिआई नेपालले बुधबार बुटवलमा आयोजना गरेको प्रदेशमा नयाँ सरकारः शिक्षालाई प्राथामिकता कति भन्ने छलफल कार्यक्रममा बोल्दै कोइरालाले सिद्धान्त र व्यवहार मिलाउन सकेमा मात्र गुणस्तरीय शिक्षा हुने बताए । ‘अबको विद्यार्थी अन्तर पुस्ताको ज्ञान सिकेको हुनुपर्छ’ कोइरालाले भने, ‘जो प्रश्न गर्न र आफै अनुसन्धानमा लाग्छ त्यहीँ, विद्यार्थी अब्बल हुन्छ । प्रश्न सोध्दा शिक्षक र अभिभावकले झर्को मान्नु हुँदैन ।’
उनले शिक्षामा आर्थिक क्षमता भएकासँग शुल्क लिने र नहुनेसँग लिन नहुने नीतिका साथ अगाडि बढनुपर्ने बताए । युरोप, अमेरिकामा पनि हुनेसँग शुल्क लिन्छन नहुनेसँग लिँदैनन । यहाँ पनि शुल्क नभई करको रुपमा क्षमता भएका अभिभावकबाट शुल्क लिएर अगाडि बढनुपर्छ ।’
सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र शर्माले आवश्यकताका आधारमा शिक्षामा काम गर्ने गरी अगाडि बढेको बताए । उनले शिक्षालाई आफूले सधै प्राथामिकतामा राखेको बताए । एनसिई नेपालका महासचिव सुदर्शन सिग्देलले आफूहरुले शिक्षामा देखिएका नीतिगत कमजोरीलाई औलाउँदै सरकारले सुझाव दिँदै आएको बताए । उनले शिक्षामा तीन तहका सरकारले बजेट कम विनियोजन गर्ने गरेको बताउँदै यसलाई वृद्धि गर्न आवश्यक रहेकोमा जोड दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित