युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु भएको छ । अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र सुविधा सम्पन्न गराउने उद्देश्यहित सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु गरिएको जनाइएको छ । सिटी स्क्यान सेवा सुरु गर्ने भीम मुलुकका जिल्ला अस्पतालहरुमा पहिलो हो । २ करोड ७४ लाख ४० हजार रुपैयाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो । प्रदेश सरकारले सिटी स्क्यान राख्न अस्पताललाई बजेट उपलब्ध गराएको थियो ।भीममा सिटी स्क्यान सेवा सुरुसँगै महंगो शुल्क तिरेर निजीमा जानुपर्ने बाध्यता आमनागरिकलाई हटेको छ ।

उक्त सेवाको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले शुभारम्भ गरे । सेवा शुभारम्भ गर्दै उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर अघि बढेको जनाए । मन्त्री पन्थीले आमनागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउन सरकार लागि परेको जनाए । ‘उपचार र सेवा लिनबाट कुनै नागरिक बञ्चित नहोउन् भन्नेमा प्रदेश सरकार सचेत छ’, उनले भने, ‘यसका लागि सरकारले आफ्नो सामथ्र्य प्रयोग गर्छ ।’

उनले कोरोना महामारी मात्रै नभई जुनसुकै कठिन अवस्थामा पनि स्वास्थ्यकर्मीले अनुशासित भएर आमनागरिकको सेवामा अटिएको जनाउँदै प्रशंसा गरे । ‘अस्पतालको सेवा प्रभावकारी बनाउन चिकित्सकसहित सबै स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहन्छ’, उनले भने, ‘यहाँहरुले विगतदेखि यस्तो भूमिकामा विचलित नभई काम गर्दै आउनुभएको छ, यसलाई निरन्तरता दिनुपर्छ ।’

प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरुको स्तरबृद्धि गर्ने, आवश्यक उपकरण र जनशक्ति थप गर्ने गरी योजना बनाइरहेको जनाउँदै सरकारी अस्पतालमा आएपछि निजीमा फर्कन नपर्ने गरी सेवा विस्तार गर्ने जनाए । निकै पुरानो र इतिहास बोकेको जिल्ला अस्पताल भएकाले भीमको स्तरबृद्धिमा सरकार थप लागि पर्ने उनले जनाए । उनले भीम अस्पतालले सिटी स्क्यान र ब्लड बैंक सेवा सुरु गरेपछि धेरै विपन्न वर्ग राहत हुने जनाए ।

अस्पताल व्यवस्थापन समिति अध्यक्ष नारायणप्रसाद भण्डारीले जटिल अवस्था पनि भीमले यहाँको स्वास्थ्य क्षेत्रमा उत्कृष्ट पहिचान दिने गरी काम गरेको जनाए । ‘हामीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपकरण थप लगायतका कामलाई प्राथमिकता राखेर अघि बढेका छौं’, उनले भने, ‘नेपालमै जिल्ला अस्पतालहरुमा भीमा सिटी स्क्यान सेवा पनि सुरु हुनुले अस्पताल थप राम्रो, विश्वासिलो र उपकरणमा अब्बल हुँदै गएको छ ।’ उनले आउने दिनमा अस्पताललाई मुलुकको उत्कृष्टमध्ये एक बनाउने गरी लागिपर्ने जनाए ।

अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा.शकुन्तला गुप्ताले अस्पताल विस्तारै हरेक पूर्वाधारमा सम्पन्न हुँदै गएको जनाइन् । सिटी स्क्यान सेवा सुरुपछि महंगो खर्च तिरेर निजी अस्पतालहरु धाउनुपर्ने बाध्यता हटेको उनको भनाई छ । ‘धेरै सेवा यही संचालनमा आइसकेका छन्, अब भएका सेवालाई व्यवस्थित गरी अघि बढेका भीम सबैको भरोसाको अस्पताल बन्नेछ’, उनले भनिन् । अस्पतालमा स्थापित ब्लड बैंकले रगतको अभाव अन्त्य गर्न सहयोग पुग्ने समेत डा.गुप्ताले विश्वास गरिन् ।

जिल्ला समन्वय समिति सभापति उमाकान्त चपाई, सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपाने, उद्योग ब्यापार संगठनका अध्यक्ष अनिलकुमार ज्ञवाली, भैरहवा मर्निङवाक ग्रुपका अध्यक्ष एवं सिद्धार्थ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष ओमकार गौचन, महिला अगुवा ज्ञानु पौडेल लगायतले बोल्दै भीमको सेवा पछिल्लो समय प्रभावकारी हुँदै गएको जनाए । उनीहरुले गरिब तथा विपन्न परिवारको रोजाईमा पर्ने अस्पताल भएकाले अझै सुविधा सम्पन्न बनाउँदै लैजानुपर्ने जनाए । कार्यक्रममा कोरोना महामारीमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी लगायतलाई सम्मानसमेत गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित