तिलोत्तमा गोल्डकप २०७९: पर्दा पछाडीका खास हिरोहरु … लुम्बिनीमा नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय, माओवादीलाई थप दबाब लुम्बिनी प्रदेशमा प्रति एक लाखमा १५७ जनामा क्षयरोग बुटवलको होराईजन चोकमा दुर्घटना हुँदा एकको मृत्यु लुम्बिनीमा कुलपुत्र प्रव्रज्या (फोटो फिचर) पाल्पाली ढाकाको रहस्य, पाल्पा तानसेन यात्रा, सेन राज्यको अन्तिम निशानी ! मर्चवारी गाउँपालिकाका निवर्तमान अध्यक्ष बानियाँको ९१ लाख स्रोत नखुलेको सम्पत्ति एमालेलाई दिएको समर्थन फिर्ता लिने भन्दै बसेको माओवादी बैठकमा आन्तरिक विवाद मुख्य एजेण्डा फ्रेन्ड्स क्लवलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लव तिलोत्तमा गोल्डकपको फाईनलमा, शनिबार सुदुरपश्चिम ११ संग भिड्ने भैरहवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी                
समाचार :

तिलोत्तमामा सरसफाई र हरियाली प्रबद्र्धन कार्यक्रमको ९९ औ शृंखला सम्पन्न

तिलोत्तमा । तिलोत्तमा नियमित सरसफाईको ९९ ओें संस्करण सम्पन्न भएको छ ।
यहि चैत्र १०० औ शृंखलाको ब्यापक तयारि गरेको तिलोत्तमा नगरपालिकाको आयोजनामा हुने नियमित सरसफाईको शृंखला अन्तर्गत वडा न ६ को १२ नम्बर चोकमा ९९ ओें संस्करण सम्पन्न भएको छ। हरेक महिनाको १ र १५ गते हुने सो शृंखला अन्तर्गतसरसफाई अभियानको पछिल्लो संस्करण सम्पन्न भएको छ ।
यस अभियानमा नगर प्रमुख रामकृष्ण खांडको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख जगेश्वर देवी चौधरीको बिशिष्ठ आतिथ्यता तथा वडा अध्यक्ष गणेश पाठकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख राम कृष्ण खाँणले नियमित सरसफाइ र हरियाली प्रबर्द्वन कार्यलाई सबै नगरबासीले निरन्तरता दिदै आगामी दिनमा बृहत सहभागीतालाई अझै जोड दिनुपर्ने सुझाब ब्यक्त दिए ।
उनले १०० औ भाग भव्यताका साथ् मनाउन गैरहेको यो अभियानलाई घर घर बाट सहयोग रहनेमा बिश्वास ब्यक्त गरे । सो कार्यक्रममा बोल्दै उप प्रमुख जगेश्वर देवी चौधरीले विगत वर्षहरूमा जस्तै नगर सफाइ र हरियाली प्रबर्द्वन कार्यमा उल्लेख्य सहभागीता रहने र सो कार्यमा सबै सरोकारवाला हरु र बिशेश गरि स्थानिय बासिको सक्दो सहयोग रहिरहने बिश्वास ब्यक्त गरिन ।
सोहि क्रममा वडा नम्बर–६ का अध्यक्ष गणेश पाठकले वडा बासीको सहभागिताले नगर सरसफाईको अभियानलाई सहज र सरल संगै स्तरिय बनाएको बताए ।
उनले १०० औ शृंखला सम्म आउनु कुनै सानो कुरा नभएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य र सरसपÞmाई तथा हरियाली र प्रदुषण बिनाको नगर बनाउने अभियानमा जोडिन सबैलाई आग्रह गरे । सोमबार सम्पन्न सरसफाई तथा हरियाली प्रबर्धन उद्घाटन कार्यक्रमको सन्चालन वडा नम्बर ६ का सचिव कृष्ण बहादुर क्षेत्रीले गरेका थिए । कार्यक्रममा वडा अन्तर्गतका कार्यपालिका सदस्य नर बहादुर छन्तेल, वडा सदस्यहरू संजय आचार्य,गोबिन्द रिजाल, सीता खनाल गौतम गीता गंधर्व, वडाका कर्मचारी भगवती तिवारी, मंजÞु के सी, सरस्वती पौडेल,सम्पुर्ण टोल विकास संस्था पदाधिकारी, आमा समूह, नगरपालिकाका कर्मचारीहरू, वडा नं ६ का आम नागरिकहरुको सहभगिता रहेको थियो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार