मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

अनि गाउँलेले भन्छन्, ऊ ‘बेले’ को गाडी आयो

बुटवल । वास्तविक नाम कृष्ण सुनार । तर, यो नामले उनलाई गाउँमा कसैले चिन्दैनन् । सबैको मनमा बसेको नाम हो ‘बेले’ । कक्षा ६ सम्म मात्र पढेका उनी गाउँलेको भरोसा हुन् । घरको कमजोर आर्थिक अभावले गर्दा उनी १६ वर्षको बाल्यकालदेखि गाडी लाइनमा लागे ।

इस्मा गाउँपालिका ६ अमंरपुर गुल्मीका बेले अहिले २६ वर्षका भए । १० वर्षदेखि निरन्तर यही क्षेत्रमा क्रियाशिल उनी बालकदेखि वृद्धवृद्धा सम्मको आँखामा राख्दा पनि नबिझाउने भएका छन् । सुरुको बेला बसमा सहचालकको रुपमा काम गरेका सुनार अहिले जीपको चालक छन् । आठ वर्षदेखि उनी निरन्तर गुल्मीको मालिका गाउँपालिका छापहिलेदेखि बुटवलका लागि जीप चलाउँछन् ।

सयौँ चालकको भीडमा उनै कृष्ण किन सवैको रोजाइँमा परे ? यो धेरैको चासो बनेको छ । त्यस्तो ठूलो कारण केही छैन । उनी सरल छन् । मिठो बोल्छन् । गाडी चलाइरहेको बेलामा चिनेजति सवैलाई नमस्कार गर्छन् । बृद्ध बुवाआमा देख्नै हुन्न, बुवा नमस्कार, आमा नमस्कार भनिहाल्छन् । अनि सवैले भन्छन्, ऊ बेलेको गाडी आयो ।

उनको मन कोमल छ, बुढ्यौली लागेका गाउँका बुवा, आमा देख्नै हुँदैन । गाडीभित्र राखेका फलफूल दिन्छन् । उनको यही व्यवहार सवैले मन पराएका छन् । गाडी चालक, सहचालकहरु बोल्न जान्दैनन् । रुखो बोल्छन् । छाडा बोल्छन्, भन्ने धेरैजसो यात्रुहरुको अनुभवलाई उनले सहजै चिरेका छन् । सरल व्यवहार र मिठो बोली नै उनको सम्पत्ती हो ।

गुल्मीदेखि बुटवलसम्मको यात्रा गर्दा उनको जीपमा कसले ‘बोर’ मान्दैनन् । रमाइला कुरा गर्छन्, सवैसँग मिठो बोल्छन् र गाडीबाट ओर्लदा सवै यात्रु ‘फ्रेस मोडमा’ हुन्छन् । कतिपय यस्ता यात्रु भेटिन्छन्, गाडीबाट ओर्लिएपछि एक÷दुई हप्तापछि फर्किने यात्रुले अग्रीम टिकट बुकिङ गर्छन् । अर्को हप्ता घर फर्किने हो ‘मलाई सिट राख्दिनु है’ भन्दै उनीसँग विदा माग्छन् । सुनारलाई यात्रुको कहिल्यै अभाव हुँदैन ।

कहिलेकाँही विसन्चो भएर घरमा आराम गर्दा उनका शुभचिन्तक पनि विरामी भएको अनूभूति गर्छन् । ‘आजभोली बेलेको गाडी किन देखिदैन रु’, छापहिलेका स्थानीय समाजसेवी प्रेम बहादुर खड्काले भने ,‘के उनी विरामी परे र ? ’ बुटवल यात्रा गर्नुपरेमा बेलेको गाडी पर्खेर जाने गरेको खड्काले अनुभव सुनाए । हो, यही कारणले उनै बेले गाउँले सवैका भरोसा बनेका छन् ।

मालिका गाउँपालिकाको छापहिले, अर्जै, घमीर, अर्खावाङ, ह्वाङ्दी सहित इस्मा गाउँपालिकाको अमरपुरका नागरिक उनका नियमित गुल्मी–बुटवल आउजाउ गर्ने यात्रु हुन् । उनी यात्रु लिन बुटवल र गुल्मीका घरघरमा पुग्छन् । कतिपयले ठट्यौली शैलीमा उनलाई भन्दा रहेछन्, ‘बेलेको यात्रु लिन जाने घरदैलो अभियान चलेकै छ ।’

बेलेजस्तै सार्वजनिक सवारीमा काम गर्ने चालक, सह चालकहरुको व्यवहार र शैलीमा परिवर्तन भएमा संवेदनशील क्षेत्रको रुपमा लिइने यो क्षेत्र सवैको रोजाई बन्न सक्छ । बुटवल टुडेबाट

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित