तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

सैनामैनाले मनायो २२ औ अभिभावक दिवस, असिम सोमै बने मेमोरियल डान्स स्टार

बुटवल । सैनामैना नगरपालिकाको वार्ड नम्वर १ आदर्श पथ स्थित सैनामैना मेमोरियल स्कुलले सोमबार २२ औं अभिभावक दिवस तथा मेमोरियल डान्स स्टारको फाईनल प्रतियोगिता सम्पन्न गरेको छ।
प्रतियोगिताको एक कार्यक्रमका बीच सैनामैना नगरपालिकाका प्रमुख फडेन्द्र प्रसाद शर्माले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले विद्यालयले आफ्नो निरन्तरको अब्बल शैक्षिक तथा अतिरिक्त क्रियाकलाप तर्फको नतिजाका कारण नगरमा आफो छुट्टै स्थान कायम गर्न सफल रहेको बताए ।
कार्यक्रमका नेसनल प्याब्सनका केन्द्रिय सचिव क्रिष्ण पौडेल, केन्द्रिय सल्लाहकार राजु गुरुन्ग, अभिभावक सन्घ नेपालका केन्द्रिय सदस्य लोकनाथ ज्ञवाली, अभिभावक संघ सैनामैनाका नगर अध्यक्ष बिष्णु प्रसाद पाण्डे, वार्ड नम्वर १ का वार्ड अध्यक्ष भुवन क्षेत्री तथा वार्ड सदस्य प्रेम भुसाल लगायतले शुभकामना मन्तव्य दिएका थिए ।


यसैविच विद्यालयले विगत महिना देखि सन्चालन गर्दै आएको बहु लोकप्रिय कार्यक्रम मेमोरियल डान्स स्टारको फाईनल समेत सम्पन्न गरेको छ। उक्त स्टारको फाईनलमा असिम सोमै विजयी भएका छन् । जम्मा १६० जना विद्यार्थीहरुले भाग लिएको प्रतियोगितामा प्रथम चरण बाट टप ३० हुदै तेस्रो चरणका प्रवेश गरेका टप १० को २ चरणको प्रस्तुतीबाट कक्षा ४ का असिम सोमै विजयी भएका हुन । विजयी भएका उनले नगद रु ७ हजार, ट्रफी र प्रमानपत्र प्राप्त गर्न सफल भएका छन्। यसैगरि कक्षा ८ कि दिपिका बि सी फ्रस्ट रनर अप बन्दै रु पाच हजार , कक्षा ९ कि अन्सुका घर्ती तेस्रो बन्दै नगद रु ३ हजार तथा रोस्ना हिस्कीले चौथो स्थान प्राप्त गर्दै रु १ हजार ५ सय सहित ट्रफि र प्रमाण पत्र प्राप्त गरेका छन् ।
सो अवसरमा विद्यालयले नियमित ५ बर्ष सेवा गर्ने शिक्षक्शिक्षिका तथा कर्मचारीहरुलाई सम्मान पत्रले सम्मान गरेको थियो।
विद्यालयले सोहि अवसरमा ६५० बढी विद्यार्थीहरुलाई खेलकुद तर्फको पुरस्कार तथा २५० बढीलाई बर्षभरको अतिरिक्त क्रियाकलाप तर्फको पुरस्कार समेत बितरण गरेको विद्यालयका अतिरिक्त क्रियाकिलाप बिभाग प्रमुख डी बि खत्रीले जानकारी दिए ।
कार्यक्रममा विद्यालयबाट शैक्षिक सत्र २०७६, २०७७ तथा २०७८ मा एस ई ई तह उत्तिर्ण गरेका विद्यार्थीहरुलाई बिशेष सम्मान गरिएको थियो भने कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरुले फुड फेस्टिभल गरेका थिए ।
विद्यालय सन्चालक समितिका अध्यक्ष बुद्धिमान थापाको अध्यक्षता र अतिरिक्त क्रियाकलाप बिभाग प्रमुख डि बि खत्रीको सन्चालन रहेको कार्यक्रमको स्वागत सह प्राचार्य पदम अर्यालले गरेका थिए । प्राचार्य जे बि क्षेत्रीले विद्यालयमा सन्चालित गतिबिधिहरु समेटिएको एवम भावि योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित