मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

जजिरा एयरलायन्सले फागुन २५ गतेदेखि पुनः गौतम बुद्ध विमानस्थलमा उडान गर्ने

जजिरा एयरलायन्सले आगामी फागुन २५ गतेदेखि भैरहवादेखि पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको छ।

झन्डै ३१ अर्ब रुपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट सात महिनापछि जजिरा एयरलायन्सले पुनः अन्तर्राष्ट्रिय उडान गर्ने भएको हो।

गत जेठ दुई गतेदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान शुरु गरेको जजिराले हुस्सुको कारण देखाउँदै तीन महिनादेखि उडान स्थगित गरेको थियो।

पछिल्ला दिनहरूमा मौसममा क्रमिक सुधार भएपछि उडान हुन लागेको विमानस्थल प्रशासनले जनाएको छ।

जजिराले जेठ २ गतेदेखि पुस ३ गतेसम्म गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १५४ वटा उडान र त्यतिकै संख्यामा अवतरण गरेको थियो।

सो अवधिमा १३ हजार ५९३ जना यात्रु विमानस्थल अवतरण गर्दा १८ हजार २५ जना यात्रुले भैरहवाबाट उडान भरेका थिए।

जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका संघसंस्था, पर्यटन व्यवसायी लगायतले पुनः उडान सुरू गर्न माग गर्दै आएका थिए।

नयाँ हवाई रुट कहिले?

हाल हुस्सुको कारण अन्तर्राष्ट्रिय उडान नभएपनि यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय बनेको छ। केही दिनअघि भारतीय विदेश सचिव विनय क्वात्रा २ दिने नेपाल भ्रमणमा आएको अवस्थामा पनि नयाँ हवाइ रुट र भारतीय अनुमतिको विषयले प्राथमिकता पाउन सकेन।

भारतीय सचिवसँगको भेटमा नेपाल तर्फबाट थप हवाई प्रवेश मार्गका साथै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि सहमतिका सम्बन्धमा अनुरोध गरिएको थियो। करिब १५ दिनअघि नै सो सम्बन्धमा परराष्ट्रमा प्रस्ताव पठाइएको भए पनि यस बारे केही छलफल नै हुन नसकेको बताइएको छ।

जजिराले पुनः नियमित अन्तर्राष्ट्रिय उडान गर्ने भनिएपनि अरू एयर कम्पनीले चासो दिएका छैनन्। विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले मार्चदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सक्ने बताए।

भारतीय नागरिकलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक पर्ने नो अब्जेक्सन सर्टिफिकेट दिने व्यवस्था नभएको र इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम सञ्चालनमा ल्याउन पनि भारतबाट सहमति लिनुपर्ने हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित बनेका हुन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित