तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

किन उपयोग हुन सकेन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

भैरहवा । झन्डै ३१ अर्ब रुपैयाँ खर्चेर बनेको भैरहवास्थित गौतम बुद्ध विमानस्थलबाट सात महिनामात्रै अन्तर्राष्ट्रिय उडान भयो । हुस्सुलाई कारण देखाउँदै गत पुसदेखि बन्द अन्तर्राष्ट्रिय उडान फेरि कहिलेदेखि सञ्चालन हुने हो, टुंगो छैन न त सरकारले सम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार नै यो विमानस्थलको उपयोग गर्न सकेको छ ।

एसियाली विकास बैंक र नागरिक उड्डयन प्राधिकरणले २०६१ सालदेखि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन सुरु गरेका थिए । यी दुई निकायको प्रतिवेदनलाई आधार मानेर सरकारले २०७१ सालदेखि विमानस्थल निर्माण कार्य सुरु गर्‍यो । विमानस्थललाई अन्तराष्ट्रिय बौद्ध सर्किटसँग जोड्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा प्रयोग गर्ने र बौद्धमार्गी बहुल देशबाट सीधा उडान भर्दै लुम्बिनीमा धार्मिक पर्यटक बढाउने परिकल्पनासहित आयोजना सुरु भएको हो । तर, प्रतिवेदनमा उल्लेख भएअनुसार कुनै पनि काम हुन सकेको छैन ।

यो विमानस्थलमा गत जेठ २ देखि जजिरा एयरवेजले पहिलो अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो । मध्यरातमा उडान गर्ने जजिराले मौसमको पूर्वानुमान तथ्यांक नपाउँदा उडान तालिका तय गर्न नपाएको विमानस्थल आयोजनाले जनाएको छ ।

मलेसिया चार्टर उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रु नपाएपछि उडान रोकेको छ । न त राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले नै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान भर्न तदारुकता देखाएको छ । उड्डयन प्राधिकरणले काठमाडौं विमानस्थलबाट दैनिक तीनभन्दा बढी उडान गर्ने वायुसेवा कम्पनीले चौथो उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने भनी ताकेता गर्दा पनि कार्यान्वयन नभएको विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालले बताए ।

विभिन्न छुट दिए पनि भैरहवाबाट उडान गर्न वायुसेवा कम्पनीहरु अनिच्छुक देखिएका छन् । लुम्बिनी विश्वका २० मुलुकका करिब एक अर्ब बुद्ध अनुयायीको तीर्थस्थल हो । जीवनमा एकपटक लुम्बिनी पुग्ने धोको हरेक बौद्धमार्गीको हुन्छ । तर, सीधा हवाई सम्पर्क नहुँदा लम्बिनी आउन चाहने पर्यटकलाई काठमाडौं वा भारत हुँदै आउनुपर्ने बाध्यता छ । यो विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न सरकारले बौद्ध धर्मावलम्बी बढी भएका मुलुकमा सिधा उडानका लागि कूटनीतिक पहल गर्न आवश्यक छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित