तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

नेपाल स्काउट लुम्बिनी द्वारा नुवाकोटमा दुई दिने एडभेन्चर क्याम्प सम्पन्न

नेपाल स्काउट लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा स्थित नुवाकोटमा दुई दिने एडभेन्चर क्याम्प सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेश सभा सदस्य भुमिश्बर ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हाइकिङ, रोप प्याराजन, नटिङ, अस्थायी क्याम निमाणर्र््ा, सरसफाई लगायतका कार्यक्रमहरु गरिएको थियो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढकालले स्काउट स्वयम सेबिकाको रुपमा आफुलाई स्थापित गर्ने संस्था रहेको भन्दै यसको मर्म अनुसार सवै लाग्नुपर्ने बताए । उनले अप्ठयारामा पुगेकाहरुलाई साथ दिने स्काउट रहेको भन्दै यसलाई अझ बढि प्रभावकारी बनाउनुपर्ने बताए ।

उनले प्रदेश सरकारले समेत स्काउटलाई प्राथमिकतामा राखेकाले आगामी कार्यक्रमहरुमा सरकार समेत सहभागि हुने गरी योजना बनाउन आफु लाग्ने उनले प्रतिबद्धता समेत जनाए ।

कार्यक्रममा बोल्दै तिनाउ गाउपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले स्काउटले सामाजिक क्षेत्रमा खेलेको भुमिका निकै महत्बपूर्ण रहेको बताए ।

कार्यक्रममा बोल्दै नेपाल स्काउट लुम्बिनी प्रदेश संयोजक डिनानाथ भट्टराइले लुम्बिनी प्रदेशमा स्काउटले स्थानिय सरकार प्रदेश सरकार, संघिय सरकार संग समन्वय गरी काम गरिरहेको बताए ।

कार्यक्रममा समाजसे ब तेजेन्द्र के.सी, राजेन्द्र ढकाल, स्काउट लुम्बिनी प्रदेश सदस्य मुकुन्द सुचिकार समाजसेवी नारायण भुषाल लगायतले मन्तब्य राखेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष डिनानाथ भट्टराईको अध्यक्षयता तथा स्काउट सदस्य सरस्वती शर्माको सन्चालनमा सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित