तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिनाउको खेल महोत्सवमा १ हजार २ सय बिद्यार्थी सहभागि

तिनाउ ईङ्लिस बोर्डिङ स्कूलमा सोमबार प्राबि र निमाबि तहका बिद्यार्थीबिचमा खेलकुद प्रतियोगिता भएको छ । माघ २७ गतेदेखि खेल महोत्सव फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।
बुटवल ११ देवीनगरमा रहेकको स्कूलमा सबैतहका गरि करिब १ हजार २ सय बिद्यार्थीले यो महोत्सवमा भाग लिइरहेको बिद्यालयका सहसंयोजक अग्निधर पोख्रेलले बताउनुभयो । खेल महोत्सवमा उत्कृष्ट बिद्यार्थीहरुलाइ फागुन ५ गते शुक्रबार एक समारोहका बिच पुरस्कार बितरण गरिने खेलकूद संयोजक वेद न्यौपानेले बताए ।
कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितीका अध्यक्ष यज्ञमूर्ति पाण्डेले खेल सप्ताह उत्कृष्ट बनाउन सबै शिक्षक, विद्यार्थी लाग्नुपर्ने बताए । उनले तिनाउले बिद्यार्थीलाइ अध्ययनका अलावा रचनात्मक कृयाकलापमा पनि सहभागि बनाइरहेको बताए ।स्कूलकी प्राचार्य सिता पाण्डका अनुसार  प्रथम, द्वितिय र तृतिय स्थान हासिल गर्ने विद्यार्थी भाइबहिनीहरुलाई मेडल तथा प्रमाण पत्र प्रदान गरिने छ ।
सोमबार स्पुन रेस, हाजिरीजवाफ,चेस, टेवल टेनिस,क्यारम बोर्ड,डोरी खेल्ने , बल कलेक्सन ,भलिवल ,ब्याडमिन्टन लगायतलका खेल भएको स्कुल  संयोजक नारायण पोखेलले जानकारी दिनुभयो । टेवल टेनिसमा कक्षा ७ की सन्जना घर्ती,गुन्जन श्रेष्ठ,स्नेहा मगर त्यस्तै सुसान्त पुन,अभिषेक पन्थी,अभिनव ज्ञवालीले क्रममा प्रथम,द्वितिय र तितृय स्थान हासिल गरेका छन् । सोमबार कक्षा १ देखि माथिका कक्षाहरुमा बिधागत प्रतियोगिता भएका हुन् ।
खेल अवधिभरमा लेवल अनुसार बेलुन फुटाउने,चक्लेट खाने,म्युजिकल स्ट्याचु,बल कलेक्सन,कलर गेम,स्पुन रेस,हट पोटाटो, हाजिरीजवाफ,चेस,टेवल टेनिस,क्यारमबोर्ड,हिसाब दौड,स्लोसाइकल रेस,तेक्वान्दो ,भलिवल,रिले रेस,एथलेटिक्स ,क्रिकेट,कपर्दी ,सटपुट ,ब्याडमिन्टन ,चित्रकला प्रतियोगिता हुनेछन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित