मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

प्यारामाउण्ट माध्यमिक विद्यालयमा हाजिरिजवाफ सम्पन्न (तस्वीरहरु)

बुटवल । प्यारामाउण्ट अन्तर मावि जिल्ला स्तरिय रनिङ शिल्ड हाजिरि जवाफ प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । तिलोत्तमा वडा नं. १ मा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि हात पारेको हो ।
प्रतियोगितामा गत सिजनको विजेता न्यू होराईजन बोडिङ स्कुल द्धितिय भयो । त्यसैगरी सिद्धार्थ मेमोरियल ईङलिस स्कुल तृतिय भयो । ज्ञानपुञ्ज बोडिङ स्कुल र प्रभात बोडिङ स्कुल शान्त्वना हुन सफल भए ।
विजयी विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटा, विद्यालयका संस्थापक प्राचार्य दामो

दर भुसाल, तिलोत्तमा वडा नं. १ की वडा अध्यक्ष फर्सुराम गिरी लगाएतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नगर भित्र रहेका सामुदायिक एवं संस्थागत विद्यालयहरुको शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीहरुको बौद्धिक क्षमतालाई प्रस्फोटित गर्ने उद्देश्यले हरेक बर्ष जिल्ला स्तरिय रनिङ शिल्ड हाजिरिजवाफ प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।
४० वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा पहिलो चरणमा प्रतिस्पर्धा बाट टप ४ वटा विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए भने पुर्व विजेता न्यू होराईजन सिधै टप ५ मा पुगेको थियो ।


२०५२ सालदेखि हाजिरिजवाफ प्रतियोगिता गर्दै आएको प्यारामाउण्ट विद्यालयमा हाल २ हजार ५ सय विद्यार्थी रहेका छन् ।
प्रतियोगिताको उद्घाटन सत्र शिक्षक दिवाकर पन्थीले गरेका थिए भने शिक्षकहरु अर्जुन बस्यल, कमल ढकाल, मोहन केसी र किसन भटट्राईले हाजिरिजवाफको कार्यक्रम सञ्चालन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित