प्यारामाउण्ट माध्यमिक विद्यालयमा हाजिरिजवाफ सम्पन्न (तस्वीरहरु)

बुटवल । प्यारामाउण्ट अन्तर मावि जिल्ला स्तरिय रनिङ शिल्ड हाजिरि जवाफ प्रतियोगिताको उपाधि बुटवलको एभरेष्ट माध्यमिक विद्यालयले जितेको छ । तिलोत्तमा वडा नं. १ मा रहेको प्यारामाउण्ट माध्यमिक विद्यालयको आयोजनामा सम्पन्न प्रतियोगितामा ४० विद्यालयलाई पछि पार्दै एभरेष्टले उपाधि हात पारेको हो ।
प्रतियोगितामा गत सिजनको विजेता न्यू होराईजन बोडिङ स्कुल द्धितिय भयो । त्यसैगरी सिद्धार्थ मेमोरियल ईङलिस स्कुल तृतिय भयो । ज्ञानपुञ्ज बोडिङ स्कुल र प्रभात बोडिङ स्कुल शान्त्वना हुन सफल भए ।
विजयी विद्यार्थीहरुलाई तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांण, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद सापकोटा, विद्यालयका संस्थापक प्राचार्य दामो

दर भुसाल, तिलोत्तमा वडा नं. १ की वडा अध्यक्ष फर्सुराम गिरी लगाएतले पुरस्कार वितरण गरेका थिए ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांणले नगर भित्र रहेका सामुदायिक एवं संस्थागत विद्यालयहरुको शैक्षिक उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

विद्यालयका संस्थापक प्राचार्य दामोदर भुसालले विद्यार्थीहरुको बौद्धिक क्षमतालाई प्रस्फोटित गर्ने उद्देश्यले हरेक बर्ष जिल्ला स्तरिय रनिङ शिल्ड हाजिरिजवाफ प्रतियोगिताको आयोजना गर्दै आएको बताए ।
४० वटा विद्यालय सहभागि रहेको प्रतियोगितामा पहिलो चरणमा प्रतिस्पर्धा बाट टप ४ वटा विद्यालय दोस्रो चरणमा प्रवेश गरेका थिए भने पुर्व विजेता न्यू होराईजन सिधै टप ५ मा पुगेको थियो ।


२०५२ सालदेखि हाजिरिजवाफ प्रतियोगिता गर्दै आएको प्यारामाउण्ट विद्यालयमा हाल २ हजार ५ सय विद्यार्थी रहेका छन् ।
प्रतियोगिताको उद्घाटन सत्र शिक्षक दिवाकर पन्थीले गरेका थिए भने शिक्षकहरु अर्जुन बस्यल, कमल ढकाल, मोहन केसी र किसन भटट्राईले हाजिरिजवाफको कार्यक्रम सञ्चालन गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार