सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण                
समाचार :

लुम्बिनीमा गुरुयोजना विपरीत काम : पर्यटन मन्त्रालयले बनायो छानबिन समिति

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले लुम्बिनी विकास कोषको गुरुयोजनाअनुसार काम भए नभएको बारे छानबिन गर्न अध्ययन समिति बनाएको छ।

मन्त्रालयका योजना महाशाखा प्रमुख राजेन्द्र कुमार केसीको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सचिव सुरेश अधिकारीले जानकारी दिए।

सचिव अधिकारीका अनुसार समितिमा पुरातत्व अधिकृत सुभद्रा भट्टराई, लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई र मन्त्रालयले तोक्ने एकजना डिभिजनल इन्जिनियर छन्।

“लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार काम भएको छ वा छैन कि के समस्या छन्। किन समयमा काम भएन भन्ने बारेमा अध्ययन गर्न समिति गठन भएको हो”, सचिव अधिकारीले भने।

यो पनि – 

लुम्बिनीको गुरुयोजना आफूखुशी फेरियो

लुम्बिनी विकास कोष द्वारा गुरुयोजना विपरित बिहारहरूलाई जोड्नेगरी पहुंच मार्ग निर्माण गर्दै

लुम्बिनी विकास कोषका पदाधिकारी सहित मन्त्रालयमा भएको छलफल कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशमणि त्रिपाठीले कोषका तर्फबाट योजना प्रमुख सरोज भट्टराईको नाम सिफारिस गरेका थिए। तर, सचिव अधिकारी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले छानबिन गर्नुपर्ने व्यक्ति नै समितिमा बस्न नमिल्ने बताउँदै भट्टराईको नाम अस्वीकार गरेका थिए।

यसअघि पनि अध्ययनका लागि समिति बनेका भएपनि कुनैपनि समितिले आफ्नो प्रतिवेदन बुझाएका छैनन्। “अध्ययन समिति बनेर लुम्बिनी पुग्छन्, अनि ती समितिलाई कोषका सदस्य सचिव र योजना प्रमुखले गोरखपुर घुमाउन लैजान्छन्। अनि प्रतिवेदन नै तयार गर्दैनन्”, विकास कोषका एक बोर्ड सदस्य भन्छन्, “यसपटक मन्त्रीज्यूले अलि कडै निर्देशन दिनुभएको छ। केही होलाजस्तो छ।”

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार