रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

निःशुल्क उपचार गरी नव-जीवन दिँदै गुल्मीको मालिका गाउँपालिका

गुल्मी । विगत ४ वर्षदेखि पूर्ण रुपमा दृष्टि विहिन रहेका गुल्मीको मालिका गाउँपालिका–७ घमिरका ८० वर्षीय बृद्ध प्रेम बहादुर नेपालीले उज्यालो संसार देख्न पाएकोमा खुशीले गद्गद भएका छन् । मालिका गाउँपालिकाले नेत्रज्योति संघ, आँखा उपचार केन्द्रमा निःशुल्क आँखा शिविर सञ्चालन गरी नेपालीको मोतिया विन्दु लागेको आँखामा सल्यक्रिया गरिदिएपछि उनको ४ वर्षदेखि बन्द आँखाले उज्यालो देख्न पाएको हो ।

गाउँमै मादल बनाए जीविकोपार्जन गर्दै आएका उनको एउटा आँखा चार वर्षअघि फूला परेर देख्न छाडे भने लगत्तै अर्को आँखामा मोतिया विन्दु रोग लागेपछि उनी पूर्ण दृष्टि विहिन रहे । विपन्न परिवारका उनी श्रीमतिको मृत्यु पश्चात छोरा छोरीले हेरविचार नगरेपछि थप बेसहारा बनेका थिए ।

विहान बेलुकाको हात–मुख जोड्नका लागि पनि अरुको भर पर्नुपर्ने उनलाई आँखाको उपचारका लागि खर्च जुटाउनु ताढाकै कुरो थियो । यसर्थ उनि अन्धकार दुनियाँमा बस्दै आएका थिए । अहिले मालिका गाउँपालिकाले निःशुल्क आँखा शिविर सञ्चालन गर्दा समेत उनलाई छोरा छोरीले शिविर सम्म ल्याई दिन सकेनन् र छिमेकीले शहारामा आउनु परेको उनले सुनाए । ‘के गरुँ मेरो उपाय थिएन, अहिले त छर्लङ्ग देख्ने भएँ ।’–नेपालीले भने, अब त मादल बनाएर ज्यान पाल्न सक्छु होला ।

घमिरकै ८० बर्षीय कविराम बुढाले पनि त्यस शिविरमा निःशुल्क सल्यक्रिया गर्ने अवसर पाएपछि आँखामा ज्योति पाएका छन् । मालिका ४ अर्खबाङका ५५ बर्षी यामबहादुर दर्जीको प्रेसरको विमारले आधा शरिर नचल्ने भएको छ । त्यसमाथि आँखामा मोतिया विन्दुको रोगले एउटा आँखा देख्दैन्थे । श्रीमतिले डोराउँदै उनलाई शिविरमा ल्याइन र उनले दुबै आँखा देख्ने भएर फर्केका छन्् । दर्जिले भने ‘उपचार गर्ने मेरो उपाय थिएन, मालिका गाउँपालिकाले भगवानले गर्ने काम गर्यो, मेरो आत्माले आशिष दिनेछ ।’

यसैगरी उक्त दिन अन्धाकारपूर्ण अवस्थामा रहेका अन्य बृद्ध बृद्धाहरु पनि शल्यक्रियापछि आँखाको पट्टी खोल्नासाथ उज्यालो संसार देख्न पाउँदा हर्षित देखिन्थे । आँखा उपचार केन्द्र तथा सर्जिकल सेन्टर तम्घासका प्रमुख सुर्य बस्नेतले उनीहरुसँग सोधपुछ गर्दै सबैले ताली पिटेर उनीहरुको उज्यालो संसारप्रति खुशायाली मनाएका थिए । माघ २४ र २५ गते वडा स्तरसम्म पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी आँखा परीक्षण गरेको मालिका गाउँपालिकाले माघ २६ गते विहान मोतिया विन्दुको सल्यक्रिया गर्न बाँकी रहेका त्यहाँका आँखाका रोगीहरुलाई सदरमुकाम तम्घासको नेपाल नेत्रज्योजित संघ, आँखा उपचार केन्द्रमा ल्याई शल्यक्रिया गरी घर पठाएको छ ।

दुई दिन पालिका मै चलाईको शिविरमा ४२ जनाको शल्यक्रिया गरिएको र बाँकी १९ जनालाई तम्घास ल्याई कुल ६१ जनाको शल्यक्रिया गरिएको पालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्त भुसाल बताउँछन् । हालसम्म पालिकाका ७ हजार बढी मानिसहरुको निःशुल्क आँखा परीक्षण र २ सय ५० जना बढीलाई मोतिया विन्दुको शल्यक्रिया गरिएको उनले जानकारी दिए । वडा स्तरसम्म आँखा शिविर सञ्चालन गरी १ सय १२ जनामा मोतिया विन्दु देखिए पनि भौगोलिक विकटता तथा अशिक्षाका कारण शल्यक्रियामा सबै सहभागि नभएको वडा नम्बर ६ का अध्यक्ष दिपक भण्डारीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार