भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

तीन उद्यमी दिदीबहिनीको कथा: जसले भवन निर्माणको क्षेत्रमा नेपालमै नयाँ प्रविधि भित्र्याए

बुटवल: बुटवलका राजेन्द्रसिंह गुरुङ छोरीहरूले देशभित्रै केही नयाँ काम गरून् र उदाहरणीय बनून् भन्ने चाहन्थे। केही न केही नयाँ काम गर्न उक्साइरहन्थे।

त्यही अनुसार उनले छोरीहरू सृष्टि, सोनाली र शिल्पीलाई आफैँले सञ्चालन गर्दै आएको ‘इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिज’को जिम्मा लगाए।

तीन छोरीले कम्पनी हाँक्न थाले। र, भवन निर्माणमा नयाँ प्रविधि भित्र्याउँदै ‘आईटी स्टिल स्ट्रक्चर सोल्युसन्स प्राली’ समेत सुरु गरे।

सृष्टि उद्योगको प्राविधिक निर्देशक हुन्। सोनाली प्रबन्धक निर्देशक। शिल्पी चाहिँ कार्यकारी निर्देशक हुन्।

सृष्टि, सोनाली र शिल्पी अहिले महिला उद्यमीको रूपमा परिचित छन्। अभिभावकले छोरासरह छोरीलाई पनि समान अवसर प्रदान गर्ने हो भने उद्यमशिलतामा छोराभन्दा छोरी पनि कम हुँदैनन् भन्ने उदाहरण यी दिदीबहिनीहरूले प्रस्तुत गरेका छन्।

बुवा राजेन्द्रसिंह गुरुङ र आमा राधिका गुरुङको पूर्ण साथ उनीहरूलाई छ।

बुटवल उपमहानगरपालिका वडा नं ९ मा बस्दै आएका राजेन्द्रसिंह आफैँ मेकानिलक इन्जिनियर हुन्। राधिका अवकास प्राप्त शिक्षिका हुन्।

अनि छोरीहरू सृष्टि कम्प्युटर साइन्समा स्नातकोत्तर, सोनाली फाइनान्समा एमबीए र शिल्पी डेन्टिस्ट हुन्। उनीहरू विशेषतः उद्योगलाई ‘मोनिटरिङ’ गर्छन्। सृष्टि उद्योगको प्राविधिक निर्देशक हुन्। सोनाली प्रबन्धक निर्देशक। शिल्पी चाहिँ कार्यकारी निर्देशक हुन्।

यी तीनै दिदिबहिनीले त्यसै उद्यम रोजेका होइनन्। अध्ययनसँगै सृष्टि जीआईजेड नेपालमा सिनियर आईटी एड्भाइजर थिइन्। उनीसँग आफ्नै बुवाको कम्पनी इन्टरटेक ग्रुप अफ इण्डष्ट्रिजमा ६ वर्ष काम गरेको अनुभव पनि छ।

सानोलीसँग पनि माइती नेपालमा प्रोजेक्ट म्यानेजर र कसमस कलेजमा म्यानेजमेन्टमा डिपार्टमेन्ट हेड भएर काम गरेको अनुभव छ। उनले पनि बुवाको कम्पनीमा ६ वर्ष काम गरिसकेकी छिन्।

फलामे उद्योगमा हात हालेका उनीहरूलाई उद्योग दर्ता गर्नै ६ महिना लाग्यो। महिला भएकाले अरू कुरामा पनि धेरै गाह्रो हुने उनीहरू बताउँछन्।

जेठी दिदी सृष्टिका श्रीमान् खिमबहादुर कुँवर अर्थ मन्त्रालयमा उपसचिव छन्। माइली सोनालीका श्रीमान् डा. दर्शनकुमार गुरुङ मुटुरोग विशेषज्ञ हुन्। कान्छी बहिनी शिल्पाका श्रीमान् शैलेस गुरुङ फोक्सो विशेषज्ञ हुन्।

तीन जनाकै आ-आफ्नो परिवार भए पनि सबैको साथ र सहयोगका कारण आफूहरूलाई उद्यमी बन्न हौसला मिलेको उनीहरूको भनाइ छ।

तर, महिला भएर उद्योग सञ्चालन गर्दा धेरै चुनौतीको सामना गर्नुपरेको तीतो अनुभव पनि छ उनीहरूको। फलामे उद्योगमा हात हालेका उनीहरूलाई उद्योग दर्ता गर्नै ६ महिना लाग्यो। महिला भएकाले अरू कुरामा पनि धेरै गाह्रो हुने उनीहरू बताउँछन्।

यद्यपि, अहिले उद्योगको आफ्नै आवासीय बिल्डिङ र सिद्धार्थ केवलकारको अफिसियल भवन निर्माणको काम ‘लाईट गेज स्टिल फ्रेमिङ सिस्टम’ बाटै भइरहेको उनले बताइन्।

रुपन्देहीको कञ्चन गाउँपालिका- १ लौसा, बाँगडीमा उद्योग छ। करिब ५ करोडको लगानीमा स्थापना भएको उद्योगमा हाल १२ जनाले रोजगारी पाएका छन्।

के हो उनीहरूले गरेको उद्यम?

उनीहरूको उद्यम युरोपियन प्रविधिमा आधारित छ। यसलाई ‘लाइट गेज स्टिल फ्रेमिङ सिस्टम’ भनिन्छ।

यो भनेको इँटाको घरको बैकल्पिक समाधान हो। अर्थात् पातला र हलुका स्टिलका पाता हो जसले घर/भवन निर्माण गर्न इँटाको विकपल्प प्रदान गर्छ। उक्त स्टिलका पाटामा जिंक कोडिङ हुने भएकाले खिया लाग्दैन।

यो प्रविधिमा बनेका घर भूकम्प प्रतिरोधी, प्रि इन्जिनियर्ड, आगो प्रतिरोधक, अब्बल इन्सुलेसन, वातावरणमैत्री समेत हुने उद्यमी सृष्टिको भनाइ छ।

‘लाइट गेज स्टिल फ्रेमिङ सिस्टम’बाट निर्माण हुँदै गरेको भवन

सन् २०१८ बाट सुरु भएको यो उद्योगले कोभिड–१९ को महामारीका कारण बीचमा सोचेअनुरूप गति लिन भने सकेन।

यद्यपि, अहिले उद्योगको आफ्नै आवासीय बिल्डिङ र सिद्धार्थ केवलकारको अफिसियल भवन निर्माणको काम ‘लाईट गेज स्टिल फ्रेमिङ सिस्टम’ बाटै भइरहेको उनले बताइन्।

‘सन् २०१५ मा भूकम्प जाँदा कन्क्रिटबाट निर्माण भएका पूर्वाधारमा ठूलो क्षति भयो। त्यतिबेलासम्म भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिइएको थिएन। जसका कारण ठूलो क्षति व्यहोर्नुपर्‍यो। यसको वैकल्पिक समाधान के हुन सक्छ भन्ने विषयमा धेरै अध्ययन गरेर नेपालमा एकदमै नयाँ काम सुरु गरेका हौँ’, सृष्टिले भनिन्।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित