कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

स्थापना दिवसमा प्रेस चौतारी रुपन्देही द्वारा रक्तदान

प्रेस चौतारी नेपालले विभिन्न कार्यक्रम गरी आज २५ औं स्थापना दिवस मनउंदै छ ।
पे्रस चौतारी रुपन्देहले स्थापना दिवसको अवसरमा बुटवलमा आज रक्तदान कार्यक्रम गरेको छ ।पे्रस चौतारी नेपाल नेकपा एमाले निकट पत्रकारहरुको संगठन हो ।
रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्वेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले जानकारी गराएका छन् ।
रक्तसञ्चार सेवा केन्द्र बुटवलको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । रक्तदान कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक स्वस्तिक श्रेष्ठले जानकारी गराएका छन् ।स्थापना दिवसकै अवसरमा चौतारीले शनिबार तिलोत्तमामा चौतारी मिलन कार्यक्रमको आयोजना गरेको थियो ।
यसैगरी काठमाण्डौंमा पे्रस चौतारीको केन्द्रीय समितिले घोषणा गरेका विभिन्न शिर्षकका पुरस्कार आज वितरण गर्ने छ ।

सुचना तथा कार्यक्रम बिभाग प्रमुख हरिबल्लभ नेपालका अनुसार ह्दयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कार बुटवलका पत्रकार डा. बालकृष्ण चापागाईलाई प्रदान गरिने छ ।
अग्नि शिखा स्मृति पत्रकारिता पुरस्कार कृष्ण केसी (लमजुङ), डेकेन्द्र थापा स्मृति पत्रकारिता पुरस्कार याम शर्मा (दैलेख) वीरेन्द्रकुमार शाह क्रियाशील पत्रकारिता पुरस्कार लक्ष्मी साह (बारा)लाई दिईदैछ ।
सावित्रीदेवी–पद्मलक्ष्मी बस्नेत स्मृति पत्रकारिता पुरस्कार लीलाराज भट्टराई (सुनसरी) र चन्द्र न्यौपाने–शान्तिराम कार्की स्मृति पत्रकारिता पुरस्कार ममता भट्ट (डडेलधुरा) लाई प्रदान गरिने छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार