रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

उपमहानगर सम्मेलनले राष्ट्रिय सन्देश दिनेछः प्रमुख पाण्डेय

बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो ।

उपमहानगरपालिकाहरुको समान समस्या, समान मुद्दा र समान संरचना भएका उपमहानगरहरुका बीचमा अनुभव आदान प्रदान गर्ने, साझा समस्याको समाधानमा एकीकृत पहल गर्ने, साझा र एकल अधिकार प्रयोगमा एकरुपता ल्याउने उदेश्यले राष्ट्रिय सम्मेलन आयोजना हुन लागेको हो । यसै सन्दर्भमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयसँग गरिएको कुराकानी ।

बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आयोजना हुँदैछ । बुटवलमा नै किन आयोजना गर्नुभयो ?
बुटवल देशकै सहज पहुँच र केन्द्रमा रहेको शहर हो । करीब एक करोड दश लाख वर्ष पूरानो आदिम मानव रामापिथेकसको अवशेष फेला परेको र नेपाल अंग्रेज युद्धमा विजय हासिल गरेको बुटवल प्राचीन, ऐतिहासिक, पर्यटकीय, व्यापारिक र व्यावसायिक केन्द्र हो । यो काठमाडौं उपत्यकाबाहिर सबैभन्दा तीब्र गतिमा विकास भइरहेको र देशमै अगुवाई गर्ने हैसियतमा पुगेको शहर हो । बुटवलले कैयौं परिवर्तनका आन्दोलनको अगुवाई गरेको छ । कैयौं उपलब्धिको संस्थागतको शुरुवात बुटवलबाट भएको छ ।

हामीले लामो समयदेखि गर्दै आएको संघर्षको उपलब्धिलाई संस्थागत गर्ने र दिगो बनाउने काममा ध्यान दिन सकेनौं । यसमा सबैको उस्तै भूमिका रह्यो । पहिलो कार्यकाल त्यसरी नै बित्यो । हामीले गणतन्त्र र संघीयतासहितको यो संविधानको पूर्ण कार्यान्वयन गर्दै जनताका चाहना र आवश्यकता पूरा गर्दै जानुपर्ने छ । यसका लागि जनताको सबैभन्दा नजिकको सरकार सबैभन्दा बलियो बन्नु जरुरी छ ।

यसैले पनि स्वभावतः बुटवलले यो सम्मेलन आयोजना गर्ने अगुवाई ग¥यो । आयोजनाका लागि उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तथा नेपाल नगरपालिका संघ, गाउँपालिका संघ, संघीय मन्त्रालयलगायतले यसमा हामीलाई साथ दिनुभयो । हाम्रो बुटवल उपमहानगरपालिकाको ऊर्जावान् टीमले यसलाई सफल पार्नका लागि प्रतिबद्ध भयो । यसले बुटवलमै कार्यक्रम आयोजना गर्न सम्भव भयो ।

उपमहानगरहरुको राष्ट्रिय सम्मेलन आयोजनाको उदेश्य के हो ?
संघीयतासहितको संविधान जारी भएपछि हामीले शिलशिलेवार ढंगले जे जसरी संघीयतालाई बलियो बनाउनका लागि काम गर्नुपर्ने थियो त्यसरी काम हुन सकेनन् । संघ र प्रदेशमा बन्ने सरकारले पूरा कार्यकाल काम गर्न पाएनन् ।

देशभर रहेका ७५३ स्थानीय तहहरुका फरक फरक खालका सहजता र असहजताहरु छन् । ती आर्थिक सामाजिक हिसाबले पनि भिन्न छन् । हामी एकै प्रकृतिका आर्थिक र सामाजिक अवस्था रहेका उपमहानगरपालिकाहरुबीचमा एकखालको समान बुझाई र समान दृष्टिकोण हुन जरुरी छ । यसका लागि हामीले पहिलो पटक यो प्रयास गरेका छौं ।

पछि बनेका सरकारहरुले पनि जुन गतिमा काम गर्नुपर्ने थियो त्यो गर्न सकेनन् । यसले संघीयताप्रति एकखालको वितृष्णा पैदा भएको छ । यसको कारण हामीले लामो समयदेखि गर्दै आएको संघर्षको उपलब्धिलाई संस्थागत गर्ने र दिगो बनाउने काममा ध्यान दिन सकेनौं ।

यसमा सबैको उस्तै भूमिका रह्यो । पहिलो कार्यकाल त्यसरी नै बित्यो । हामीले गणतन्त्र र संघीयतासहितको यो संविधानको पूर्ण कार्यान्वयन गर्दै जनताका चाहना र आवश्यकता पूरा गर्दै जानुपर्ने छ । यसका लागि जनताको सबैभन्दा नजिकको सरकार सबैभन्दा बलियो बन्नु जरुरी छ । देशभर रहेका ७५३ स्थानीय तहहरुका फरक फरक खालका सहजता र असहजताहरु छन् ।

ती आर्थिक सामाजिक हिसाबले पनि भिन्न छन् । हामी एकै प्रकृतिका आर्थिक र सामाजिक अवस्था रहेका उपमहानगरपालिकाहरुबीचमा एकखालको समान बुझाई र समान दृष्टिकोण हुन जरुरी छ । यसका लागि हामीले पहिलो पटक यो प्रयास गरेका छौं । हामीले सम्मेलनमार्फत हाम्रा समान समस्या र समान भोगाईलाई साझा रुपमा अगाडि बढाउनेछौं । यसले संघीयता कार्यान्वयनमा एकखालको नयाँ उचाई हासिल गर्नेछ ।

बुटवल उपमहानगरपालिका अब महानगरपालिका बन्नका लागि मापदण्डहरु पूरा गर्ने चरणमा आइसकेको भन्ने चर्चा हुन थालेको छ, के तपाइँहरु अब महानगर घोषणाका लागि तयार हुनुहुन्छ ?
बुटवल यसअगाडि नै महानगर बन्ने हैसियतमा पुगिसकेको थियो । वीरगञ्ज महानगर घोषणा हुँदा बुटवल घोषणा हुन सकेन । यसको प्राविधिक विषयमा अहिले म फर्किन चाहन्न । तर अब बुटवलमा महानगर बन्नका लागि सबै पूर्वाधार तयार छन् । तथ्यांकले पनि त्यस्तो देखाउँछ । पछिल्लो जनगणनाअनुसार बुटवलका स्थायी बासिन्दाको जनसंख्या करीब २ लाख छ । यो संख्या जनगणनाको अन्तिम नतिजा आउँदासम्म अरु बढ्नेछ । अनौपचारिक रुपमा बसोबास गर्नेको संख्या १ लाख भन्दा बढी छ ।

वार्षिक आम्दानीमा गत आर्थिक वर्षमा आन्तरिक श्रोतका रुपमा ४४ करोड रहेकोमा यसलाई अरु वृद्धि गर्दै जाने योजनामा रहेका छौं । बुटवल रंगशाला, बुटवल टेक्निकल इन्स्टिच्युट, कोरियन प्राविधिक शिक्षालयजस्ता प्राविधिक शिक्षालय छन् । लुम्बिनी प्रादेशिक अस्पताल विशेषज्ञसहितको अस्पताल बुटवलमै रहेको छ । हामीले पनि अरु स्तरीय अस्पताल निर्माण गर्ने र स्तरोन्नति गर्ने काममा लागेका छौं । सुविधासम्पन्न टर्मिनल सहितको बसपार्क छ ।

यो भन्दा स्तरीय बसपार्क निर्माण हुँदैछ । तरकारी तथा फलफुल वितरण केन्द्र सञ्चालनमै रहेको छ र आधुनिक र उच्चक्षमताको कृषि उपज केन्द्र निर्माणको तयारीमा रहेका छौं । हामीकहाँ सपिङ मलहरु पर्याप्त छन् । अरु केही निर्माणका क्रममा रहेका छन् । हामीसँग बुटवल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, प्रदर्शनी स्थल रहेका छन् । यी र यस्ता कुराहरुका कारण बुटवललाई महानगरपालिका घोषणा गर्न रोकिने अवस्था आउँदैन । अहिले पनि बुटवल महानगरपालिका बन्न सक्षम छ ।

हामीसँग अर्को विकल्प पनि छ । बर्दघाटदेखि चन्द्रौटासम्मको क्षेत्रको एकीकृत विकासका लागि प्राधिकरणका रुपमा स्थापना गरेर समानुपातिक विकास भएको साझा शहर बनाउन सकिन्छ । यसले हाम्रोमा नयाँ अभ्यासको थालनी गर्नेछ र आर्थिक भार पनि कम गर्नेछ ।

उपमहानगरपालिकाहरुको सम्मेलनमार्फत के सन्देश दिन चाहनुहुन्छ ?
हामी स्थानीय सरकारलाई संघीयताको बलियो खम्बाका रुपमा स्थापित गर्न चाहन्छौं । उपमहानगरपालिकाहरुका साझा समस्या, संविधानअनुसार साझा र एकल अधिकारको प्रयोगका चुनौती, असल अभ्यासबारे अनुभव आदानप्रदान, संघ र प्रदेश सरकारसँग स्थानीय सरकारका रुपमा अपेक्षा र स्थानीय आवश्यकताजस्ता विषयमा छलफलसहित निष्कर्ष निकाल्ने र समाधानका लागि सम्बन्धित निकायसँग सामुहिक रुपमा छलफलमा जाने छौं ।

संघ र प्रदेशबाट प्राप्त अनुदानको भरमा विकासे काम गरिरहेको अवस्थालाई बदल्दै आत्मनिर्भर बन्न चाहन्छौं । संघ र प्रदेशको साथमा मुलुकलाई समृद्ध बनाउने जग हाल्ने सरकारका रुपमा अघि बढाउन चाहन्छौं । सेवाप्रवाहलाई डिजिटल र सहज बनाउन चाहन्छौं । हाम्रा सबै काम अनलाईनबाट सञ्चालन हुने र घरमै बसेर सरकारी सेवा लिनसक्ने अवस्थामा पु¥याउन चाहन्छौं । यसका लागि संघ र प्रदेशले केन्द्रीकृत मानसिकता त्यागेर संघीयतालाई जनताका घरदैलोमा पु¥याउनका लागि अगुवाई गर्नुपर्छ । आवश्यक कानूनहरु तयार गर्न र कार्यान्वयन गर्नका लागि मार्गप्रसस्त गर्नुपर्छ ।

कानूनी बाधाअड्चनहरुलाई समाधान गरी केन्द्रीकृत राज्यप्रणालीका अवशेषहरु समाप्त गर्नुपर्छ । अनि स्थानीय सरकार समृद्ध बन्छन् । स्थानीय सरकार समृद्ध बनेपछि मुलुक समृद्ध बन्छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार