रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

तिलोत्तमा २ का महिलाहरुको लागि कुशन तथा गुडिया बनाउने तालिम जारी

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरका महिलाहरुको लागि कुशन तथा गुडिया बनाउने तालिम आज पनि जारी । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग र सिद्धेश्वर आमा समूहको आयोजनामा वडा कार्यालयको सभाहलमा ३० जना महिलाहरुको लागि ५ दिने तालिमको गत माघ २० गते उद्घाटन भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वडा नम्बर( २ का अध्यक्ष डिल बहादुर भट्टराईले उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि भट्टराईले उद्घाटन गर्दै महिलाहरुको दक्षता सिप र स्वरोजगारका लागी आत्मनिर्भर बन्न शिपमुलक तालिमले सहयोग पुर्याउने र शिप सिकि ब्यवहारमा उतार्न सबै सहभागी महिलाहरुलाई आग्रह गरेका थिए ।

संस्थाकि अध्यक्ष भगवती तिवारीको अध्यक्ष्तमा भएको सो कार्यक्रममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके तालिमको औचित्य हुने अध्यक्ष तिवारीले बताईन । उनले घरमै खाली बसेर आत्मनिर्भरताको बाटो बन्द भएका महिलालाई समेटेर यस्तो तालिमको आयोजना गरिएको बताईन ।

कार्यक्रममा मन्तव्य राख्दै टोल सञ्जालकि अध्यक्ष सीता अर्याल, बरपिपल आमा समुहकि अध्यक्ष कमला आचार्य लगायतले महिलाको स्वरोजगारका लागि गरिने यस्ताखाले तालिमले समाजमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताएका थिए। आगामी २४ गते समापन हुने सो उद्घाटन कार्यक्रममा सहभागीसंगै कार्यपालिका सदस्य सावित्रा आचार्य, वडा सदस्यहरु, टोल विकास अध्यक्ष तथा प्रतिनिधि,आमा समूहका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको स्वागत मन्तब्य विनिता गुरुङ र संचालन बिना गुरुङले रेकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार