तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

तिलोत्तमा २ का महिलाहरुको लागि कुशन तथा गुडिया बनाउने तालिम जारी

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ शंकरनगरका महिलाहरुको लागि कुशन तथा गुडिया बनाउने तालिम आज पनि जारी । तिलोत्तमा नगरपालिकाको आर्थिक सहयोग र सिद्धेश्वर आमा समूहको आयोजनामा वडा कार्यालयको सभाहलमा ३० जना महिलाहरुको लागि ५ दिने तालिमको गत माघ २० गते उद्घाटन भएको थियो । उक्त कार्यक्रमका प्रमुख अतिथी तिलोत्तमा नगरपालिका वडा नम्बर( २ का अध्यक्ष डिल बहादुर भट्टराईले उद्घाटन गरेका थिए ।
प्रमुख अतिथि भट्टराईले उद्घाटन गर्दै महिलाहरुको दक्षता सिप र स्वरोजगारका लागी आत्मनिर्भर बन्न शिपमुलक तालिमले सहयोग पुर्याउने र शिप सिकि ब्यवहारमा उतार्न सबै सहभागी महिलाहरुलाई आग्रह गरेका थिए ।

संस्थाकि अध्यक्ष भगवती तिवारीको अध्यक्ष्तमा भएको सो कार्यक्रममा सिकेका सीपलाई व्यवहारमा उतार्न सके तालिमको औचित्य हुने अध्यक्ष तिवारीले बताईन । उनले घरमै खाली बसेर आत्मनिर्भरताको बाटो बन्द भएका महिलालाई समेटेर यस्तो तालिमको आयोजना गरिएको बताईन ।

कार्यक्रममा मन्तव्य राख्दै टोल सञ्जालकि अध्यक्ष सीता अर्याल, बरपिपल आमा समुहकि अध्यक्ष कमला आचार्य लगायतले महिलाको स्वरोजगारका लागि गरिने यस्ताखाले तालिमले समाजमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताएका थिए। आगामी २४ गते समापन हुने सो उद्घाटन कार्यक्रममा सहभागीसंगै कार्यपालिका सदस्य सावित्रा आचार्य, वडा सदस्यहरु, टोल विकास अध्यक्ष तथा प्रतिनिधि,आमा समूहका अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो। सो कार्यक्रमको स्वागत मन्तब्य विनिता गुरुङ र संचालन बिना गुरुङले रेकी थिईन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित