एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु देवसिद्ध खानेपानीको १४ औं साधारणसभा बुटवलमा माघ १ गते ‘रम्मिता को पिरती’ सांगीतिक कार्यक्रम आयोजना हुँदै प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु जालझेल गरेर भुमाफियाले जग्गा विक्री गरिएको भन्दै न्याय दिन आग्रह सैनिक आवासीय बुटवलको प्रथम अभिभावक दिवस सम्पन्न धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न न्यू होराईजन जिविएस स्कुलले पुस ३० गते ३२ औं बार्षिकउत्सव मनाउने                
समाचार :

श्री भीमसेन नेवा: समाज बुटवल ३ ले निकाल्यो बुटवलमा भीमसेन जात्रा

बुटवल ।
श्री भीमसेन नेवा ः समाज बुटवल उपमहानगरपालिका ३ ले बिहिबार बुटवलमा भीमसेन जात्रा निकालेको छ । प्रत्येक बर्ष माघ शुक्ल द्वादसीका लिन निकालिने जात्राको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेबि अर्यालले भीमसेन रथ उचालेर जात्राको सुभारम्भ गरेका थिए ।

भीमसेन नेवा समाजको भवन ज्योतिनगरचोक बाट शुरुभएको भीमसेन रथ जात्रा गोलपार्क, बुद्धएकता चोक, पुल्चोक, खाती मेडिकल हुँदै बुटवल बहुमुखी क्याम्पस हुँदै पुन ः समाजको भवनमा पुगेर समापन भएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले नेवारी समुदायका कला सस्कृती नगरको सम्पत्ती भएको बतए ।

नगरभित्र बसोबास गर्ने बिभिन्न जातजातिका आ आफ्नै मौलिक चाडपर्व रहेको बताउदै प्रमुख पाण्डेले आफ्ना परम्परा र सस्कृतीलाई जगेर्ना गर्न आवश्यक रहेको बताए । प्रमुख पाण्डेले पुराना पुस्ताले यस्ता महत्वपुर्ण सस्कृतिका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताए ।

बुटवलनगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले नेवारी समुदायले निकाल्ने यस्ता जात्राहरुले सकारात्मक सन्देश दिने गरेको बताए । अर्यालले भिमसेनलाई भगवानका रुपमा मानेको बताउदै बुटवल उपमहानगरपालिकालाई सास्कृतिक रुपमा चिनाउन यस्ता महत्वपुर्ण चाडपर्बहरुले थप टेवा पुग्ने बताए ।

समाजका वरिष्ठ सल्लाहकार बिमल बहादुर शाक्य,वडा सदस्य पबित्रा श्रेष्ठ , जनप्रतिनीधि, बिभिन्न संघ सस्थाका जनप्रतिनीधि लगायतको उपस्थिीती रहेको कार्यक्रम श्री भीमसेन नेवाःसमाज बुटवल ३ का अध्यक्ष लिला श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष सहदेब श्रेष्ठको स्वागत र महासचिव गोपाल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित