रूसी सेनामा भर्ना भएका पाल्पाका विष्णु दुई सातादेखि सम्पर्कविहीन कालीगण्डकी लोकमार्गले बुटवल जाने दुरी झण्डै ७० किलोमिटरले छोटियो एभरेष्ट बोर्डिङ कक्षा १० मा पढ्ने सोहनले बनाए ड्रोन नारायणगढ–बुटवल सडक साढे ४ वर्षमा आधा काम पनि सम्पन्न भएन लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक कांग्रेस लुम्बिनी सम्मेलनको निष्कर्ष: केन्द्रले अधिकार दिएन कालिका कलेजको वार्षिकोत्सवको अवसरमा खेल सप्ताह सुरु लुम्बिनीमा फागुनमा शिखर सम्मेलन राष्ट्रसेवकको रक्तदानमा २८ युनिट रगत संकलन लुम्बिनी कांग्रेसको सम्मेलनमा ३ वटा प्रतिवेदन पेश- महामन्त्री गगन थापासहितका नेता सहभागी                
समाचार :

श्री भीमसेन नेवा: समाज बुटवल ३ ले निकाल्यो बुटवलमा भीमसेन जात्रा

बुटवल ।
श्री भीमसेन नेवा ः समाज बुटवल उपमहानगरपालिका ३ ले बिहिबार बुटवलमा भीमसेन जात्रा निकालेको छ । प्रत्येक बर्ष माघ शुक्ल द्वादसीका लिन निकालिने जात्राको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे र उपप्रमुख साबित्रादेबि अर्यालले भीमसेन रथ उचालेर जात्राको सुभारम्भ गरेका थिए ।

भीमसेन नेवा समाजको भवन ज्योतिनगरचोक बाट शुरुभएको भीमसेन रथ जात्रा गोलपार्क, बुद्धएकता चोक, पुल्चोक, खाती मेडिकल हुँदै बुटवल बहुमुखी क्याम्पस हुँदै पुन ः समाजको भवनमा पुगेर समापन भएको थियो ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले नेवारी समुदायका कला सस्कृती नगरको सम्पत्ती भएको बतए ।

नगरभित्र बसोबास गर्ने बिभिन्न जातजातिका आ आफ्नै मौलिक चाडपर्व रहेको बताउदै प्रमुख पाण्डेले आफ्ना परम्परा र सस्कृतीलाई जगेर्ना गर्न आवश्यक रहेको बताए । प्रमुख पाण्डेले पुराना पुस्ताले यस्ता महत्वपुर्ण सस्कृतिका बारेमा नयाँ पुस्तालाई जानकारी गराउनुपर्ने बताए ।

बुटवलनगरपालिकाका उपप्रमुख साबित्रादेबि अर्यालले नेवारी समुदायले निकाल्ने यस्ता जात्राहरुले सकारात्मक सन्देश दिने गरेको बताए । अर्यालले भिमसेनलाई भगवानका रुपमा मानेको बताउदै बुटवल उपमहानगरपालिकालाई सास्कृतिक रुपमा चिनाउन यस्ता महत्वपुर्ण चाडपर्बहरुले थप टेवा पुग्ने बताए ।

समाजका वरिष्ठ सल्लाहकार बिमल बहादुर शाक्य,वडा सदस्य पबित्रा श्रेष्ठ , जनप्रतिनीधि, बिभिन्न संघ सस्थाका जनप्रतिनीधि लगायतको उपस्थिीती रहेको कार्यक्रम श्री भीमसेन नेवाःसमाज बुटवल ३ का अध्यक्ष लिला श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष सहदेब श्रेष्ठको स्वागत र महासचिव गोपाल श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार