तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

व्यवसायिक तरकारी खेती सम्बन्धी ५ दिने कृषक तालिम सम्पन्न

तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका -१४ स्थित दुर्गानगरका २ कृषक समूहले तरकारी खेती सम्बन्धि ५ दिने तालिम सम्पन्न गरेका छन् । तिलोत्तमा नगरपालिका कृषि शाखाको प्राबिधिक सहयोगमा सुर्य किरण तरकारी उत्पादन कृषक समूह र श्री नवदुर्गा  तरकारी उत्पादन कृषक समूहको आयोजनामा ६० बढी कृषकलाई तालिम दिइएको कृषि शाखा प्रमुख कृषि  अधिकृत दोमलाल भुसालले जानकारी दिए

माघ १५ गतेदेखि १९ गतेसम्म आयोजित तालिममा विज्ञका रूपमा अधिकृत दोमलाल भुसाल र रामप्रसाद खनालले सहजीकरण गर्नुभएको थियो भने कृषि सम्बन्धि विज्ञका रूपमा तेज नारायण गैरे, प्राबिधिकहरु अश्मिता ज्ञवाली र बिन्दु रायमाझीले सहयोग गरेका थिए ।
तालिमका बारेमा बोल्दै प्रशिक्षार्थि कृषक रेणु थारु र कुशल भण्डारीले तालिम धेरै प्रभावकारी भएको र आब व्यवहारमा लागु गरेमात्र अर्गानिक उत्पादन र माटोको जैविक शक्ति बचाउन सकिने बताए। तालिमको अबधिमा धेरै प्राबिधिक कुरा सिक्न पाएको भन्दै आवको बेमौसमी खेतीका लागि पनि कृषक जागरुक भएको बताए।

तालिमले कृषकको उत्पादन रुचिमा अझै आत्मविश्वास बढाएको र प्राबिधिक ज्ञान अझै बढेकोले कृषिको व्यवसायिक सफलता र आत्मनिर्भरमा अघि बढ्न बक्ताहरुले आग्रह गरेका थिए।सो अवसरमा तिलोत्तमा नगरपालिका वडा नम्बर १४ का अध्यक्ष आश्विन पौडेल, कृषक समुहका उपाध्यक्ष नरिश्वर सापकोटा, टोल संजालका अध्यक्ष देव बहादुर बगाले,शैक्षिक सुधार समितिका संयोजक श्याम खरेल,समाजसेवी तथा कृषक टिकाराम पाण्डे,कृषि विज्ञ तेज नारायण गैरे, कृषक समुहका कोशाध्यक्ष शान्ता खरेल लगायतले बोल्दै तालिमले प्रबिधिमय कृषिका लागि कृषकमा नयाँ उर्जा थपेको बताएका थिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित