तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

अक्षर इन्टरनेशनलमा खेल सप्ताह सम्पन्न

बुटवल । बुटवल कालिकानगर कालिकापथमा रहेको अक्षर इन्टरनेशनल स्कुलमा भएको खेलकुद सप्ताह शुक्रबार सकिएको छ ।
साना स्कुले विद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्नका लागि आयोजना गरिएको तीन दिवसिय खेलकुद सप्ताह शुक्रबार सकिएको हो ।
कक्षागत रुपमा पुर्व र प्राथमिक तहका विद्यार्थीहरु सहभागि भएको खेल सप्ताहमा वेलुन ब्लाष्ट, म्युजिकल चियर, बल कलेक्शन, चक्लेट रेश, क्ले आर्ट, हट पटाटो, सेक रेश लगायतका खेलहरुका विद्यार्थीहरुलाई प्रतिस्प्रर्धा गराइएको विद्यालयका एकेडेमिक डाईरेक्टर मेरिना बर्माले जानकारी दिए।
कक्षागत रुपमा गराइएको खेलसप्ताहमा उत्कृष्टता हासिल गरेका र विजयी भएका सहभागि विद्यार्थीहरुलाई विद्यालयको बार्षिकोत्सवमा पुरस्कार वितरण गरिने बर्माले जानकारी दिए । विद्यालय संचालक समितिका अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोनम पाठकले साना विद्यार्थीमा केहीनकेही क्षमता हुने भएकाले ति क्षमतालाई बाहिर निकाल्न खेल सप्ताहको आयोजना गरिएको बताए ।
खेल सप्ताहको अवसरमा विद्यार्थीहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम प्रदर्शन समेत गरिएको विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख लिशा कुमारी बुढाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित