संजीवनीको १० औ साधारणसभा तथा पाँचौ अधिवेशन सम्पन्न बजारमा प्रतिस्पर्धा गर्न व्यवहारिक शिक्षा आवश्यकता छ– प्रदेश प्रमुख शेरचन प्रदेश आयोग लुम्बिनीको सदस्यमा कपिलवस्तुका खनाल र रोल्पाका वली नियुक्त साढे ३ महिनामा ७४ हजार पर्यटकले चढे लुम्बिनी केबलकार आर्थिक ‘मन्दी’ मा पनि लयमा ‘एभरेष्ट कन्फर्ट फुड वेयर’, बार्षिक ५० करोड बढिको कारोबार लुम्बिनीका सामाजिक विकासमन्त्री भन्छन्- शिक्षकका जायज माग पूरा गर्नुपर्छ तिलोत्तमाका सवै गाई गोरुमा लम्पी स्किन विरुद्धको खोप लगाईयो बसन्तपुरमा ४० लाखको जीपलाइन सञ्चालन बाँकेमा सुधार गृह तोडफोड गरी भागेका ३० जना पक्राउ सम्झ्नामा कर्मयोगका प्रतिकः स्व. खड्ग बहादुर अर्याल                
समाचार :

अक्षर इन्टरनेशनलमा खेल सप्ताह सम्पन्न

बुटवल । बुटवल कालिकानगर कालिकापथमा रहेको अक्षर इन्टरनेशनल स्कुलमा भएको खेलकुद सप्ताह शुक्रबार सकिएको छ ।
साना स्कुले विद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्नका लागि आयोजना गरिएको तीन दिवसिय खेलकुद सप्ताह शुक्रबार सकिएको हो ।
कक्षागत रुपमा पुर्व र प्राथमिक तहका विद्यार्थीहरु सहभागि भएको खेल सप्ताहमा वेलुन ब्लाष्ट, म्युजिकल चियर, बल कलेक्शन, चक्लेट रेश, क्ले आर्ट, हट पटाटो, सेक रेश लगायतका खेलहरुका विद्यार्थीहरुलाई प्रतिस्प्रर्धा गराइएको विद्यालयका एकेडेमिक डाईरेक्टर मेरिना बर्माले जानकारी दिए।
कक्षागत रुपमा गराइएको खेलसप्ताहमा उत्कृष्टता हासिल गरेका र विजयी भएका सहभागि विद्यार्थीहरुलाई विद्यालयको बार्षिकोत्सवमा पुरस्कार वितरण गरिने बर्माले जानकारी दिए । विद्यालय संचालक समितिका अध्यक्ष अमरनाथ पाठकको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोनम पाठकले साना विद्यार्थीमा केहीनकेही क्षमता हुने भएकाले ति क्षमतालाई बाहिर निकाल्न खेल सप्ताहको आयोजना गरिएको बताए ।
खेल सप्ताहको अवसरमा विद्यार्थीहरुद्वारा विभिन्न साँस्कृतिक कार्यक्रम प्रदर्शन समेत गरिएको विद्यालयका अतिरिक्त कृयाकलाप प्रमुख लिशा कुमारी बुढाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार