रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

सरकारलाई प्रश्नः चर्को घरभाडा र बैंक व्याज विरुद्ध व्यवसायीहरु सधै सडकमा आउनुपर्ने हो ?

बुटवल ।
चर्को घरभाडा र बैंकको व्याजदरका विरुद्ध रुपन्देहीका व्यवसायीहरु सडकमा उत्रिएका छन् । आर्थिक मन्दीबाट व्यवसाय धाराशाही बन्दै गएको अवस्थमा चर्को घरभाडामा छुट दिएर व्यवसाय बन्द हुनबाट बचाउन व्यवसायीले आग्रह गरेका छन् । तर सरकार चुपचाप छ ।

आर्थिक मन्दीबाट घरधनीहरुलाई पनि प्रत्यक्ष असर परेको भन्दै व्यापारलाई वचाउन नसके पसलहरु बन्द गर्न बाध्य हुने अवस्था आएमा बजार नै पलायन हुने चेतावनी स्वरुप रुपन्देही व्यापार संघले दवाव स्वरुप ¥याली समेत निकालेको छ ।

रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले गिर्दो व्यवसायलाई बचाउन आफू पनि चल्ने र अरुलाई चल्ने बातावरण सिर्जना गर्न घरधनी मानुभावहरुलाई अनुरोध गर्दै व्यावसाय संचालन गरेका व्यावसायीहरुलाई राहतका रुपमा घरवहालमा सक्दो छुट दिन आग्रह गरे । उनले समग्र मुलुकको आर्थिक अवस्था संकटमा परेको उल्लेख गर्दै बढ्दो आर्थिक मन्दीबाट सटर भाडामा लिएर व्यापार व्यवसाय सञ्चालन गरेका व्यवसायी धाराशाहि भएमा भाडावाफत एक पैसा हात पर्न नसक्ने स्थिती आउने बताए ।
व्यापार व्यवसाय सञ्चालन गर्ने अवस्था सिर्जना गर्न नसकिएमा त्यसको प्रत्यक्ष असर आम उपभोक्ताहरुमा पनि पर्ने घिमिरेको भनाई थियो ।
चर्को बैंकको व्याजदर र घरभाडा तिर्न सक्ने अवस्था अबका दिनमा आउने चेतावनी दिदै बाध्य भएर सडकमा आउनु परेको उनीहरुको भनाई छ । व्यवसायीहरुले चर्को घरभाडा छुट गर्न माग गरेका छन् । बैंकको चर्को व्याजबाट समस्या भोग्दै आएका व्यवसायीहरुले महङो घर भाडा घटाउन आग्रह गरेका छन् ।
पछिल्लो समय बुटवलको मुख्य बजारमा नै व्यवसायीले महंगो घरभाडाका कारण पसल बन्द गरि व्यवसाय छोड्दै जानेहरुको संख्या बढ्दै गएको छ । संघका अनुसार बुटवलमा दैनिक रुपमा ५० भन्दा बढी सटर भाडा तिर्न नसक्ने जनाउदै सटरहरु खाली हुने गरेको जानकारी आउनु गरेको छ । यो अवस्था एक महिना चलेको खण्डमा बुटवलको वजार नै पलायन हुने अवस्था आउने बताइएको छ । बुटवलका मुख्य वजारमा सटर भाडामा छ भन्दै सटर तथा घरहरुमा सूचनाहरु प्रसस्त टांसेको अहिले देख्न सकिन्छ ।
महङो घर भाडाका कारण व्यवसाय पनि बन्द हुने र घरधनीले पनि भाडा नपाउने भएकाले घर भाडा घटाएमा व्यवसायीलाई व्यवसाय चलाउन पनि सहज हुने र घर धनीको घर तथा सटर पनि खाली नहुने अवस्था आउने हुदा त्यसमा गम्भिर बन्न संघका निर्वतमान अध्यक्ष यमलाल लोहनीले बताए ।
¥यालीपछि आयोजित कार्यक्रममा संघका पूर्व अध्यक्ष मोतीलाल पाण्डे, वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक डिल्लीराज भण्डारी, महासचिव दयानिधि भण्डारी लगायत बोलेका थिए ।

संघको कार्यालयबाट व्यानर विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर निस्किएको ¥याली जेसिस चोक, अमरपथ, ट्राफिकचोक, राममन्दीर लाइन, हाटवजार परिक्रममा गरि समापन भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार