भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन विस्फोट

रुपन्देही । रुपन्देहीमा रहेको अर्घाखाँची सिमेन्टको कोइला पिस्ने मेसिन एक्कासि विस्फोट हुँदा ६ जना कामदार घाइते भएका छन् ।

घाइते हुनेमा १ जना नेपाली र ५ जना भारतीय कामदार छन् ।

उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ । कोइलाको चिम्नी फुटेका कारण आइतबार दिउँसोदेखि आगलागी भएको थियो। दमकलको प्रयोगले आगलागी आइतबार नै नियन्त्रणमा आएको बताइए पनि चिम्नी पुन विस्फोट भएको हो ।

उक्त घटनाबाट रुपन्देही मायादेवी गाउँपालिकाका वर्ष ३८ का अंगत हरिजन, भारत कानपुरका तेजेन्द्र उत्तम, विहारका शशीकान्त कुसाहा र श्रीराम सिंहको अवस्था गम्भीर रहेको रुपन्देही प्रहरीले जनाएको छ । घाइते मध्ये भारत विहारका राज किशोर यादव र भारत कै महाराजगन्ज जिल्लाका शिवलाल हरिजनको अवस्था सामान्य रहेको छ ।

प्राविधिक टोलीले चिम्नी फुटेको अवलोकन गर्न गएका बेला सोमबार दिउँसो २ बजेर ५० मिनेट जाँदा पुनः विस्फोट भएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । घाइतेहरूको युनिभर्सल कलेज अफ मेडिकल साइन्स र सिटी अस्पताल भैरहवामा उपचार भई रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित