मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

नयाँगाउ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

बुटवल । नयाँगाउ माध्यामिक विद्यालयको ६० औ वार्षिकोत्सव तथा अभिभावक दिवस २०७९ अवसरमा नवनिर्मित भवनको उद्घाटन तथा अक्षयकोषको स्थापना गरिएको छ ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पुरुषोत्तम बश्यालले ४ लाख रुपैया दान गरि पहिलो दाताबाट अक्षय कोष स्थापना गरेका छन । एक समारोहका बिच लुम्बिनी प्रदेशका सदस्य सदस्य भोज प्रसाद श्रेष्ठले कार्यक्रम र नवनिर्मित भवनको उद्घाटन गर्दै शिक्षा र स्वस्थ्यमा आम नागरिकको सहज पहुच हुनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने गरि बाल क्लब, विभिन्न खेलकुद गतिविधिका साथै अन्तरक्रिया कार्यक्रमहरु आयोजना गरिदै आएको उनले बताए । विद्यालयको भौतिक पुर्वाधार निर्माण र आफ्नै खेलमैदान निर्माण गर्ने पहल थालेको भन्दै यसमा आवश्यक सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा विद्यालयका सहायक प्रध्यानाध्यापक विष्णुप्रसाद काफ्लेले एउटा सानो झुपडीबाट शुरु भएर अहिलेको अवस्थामा आईपुग्दा धेरै परिवर्तन आएको बताए । बुटवल तिनाउ पश्चिममा सामुदायिक विद्यालयको रुपमा पहिचान बनाउन सफल भएको बताए ।

कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका निवर्तमान उपाध्यक्ष बामदेव क्षेत्री, लुम्बिनी विश्वविद्यालयका रजिस्टार तिलक आचार्य, जिल्ला शिक्षा तथा समन्वय ईकाई कार्यालयका प्रमुख दिपेन्द्र ढकाल, बुटवल उपमहानगरपालिका शिक्षा शाखाका मित्रमणी खनाल, वडा नं १२ का वडाअध्यक्ष डिल्ली प्रसाद शर्मा, सल्लाहकार घनलाल बश्यालले नयागाउ विद्यालयमा विकासक्रमलाई स्मरण गर्दै थप योजनाका साथ अघि बढ्न सुझाव दिए ।

विद्यालयका सहायक प्रध्यापक विष्णुप्रसाद काफ्लेको सम्पादनमा प्रकासित गरिएको नया गाउँ दर्शन २०७९ विमोचन गरिएको थियो । सर्वाङ सुन्दर ब्यायाम, नृत्य प्रदर्शन गरिएको थियो ।

विद्यालयमा रहेका ५० जना मध्ये बाल शिक्षिका अन्जु सिह ठकुरी, रामप्रसाद बन्जाडे, पार्वती केसी, सुर्य बहादुर राना र कर्मचारी राशि कुमारी मल्ल गरि ५ जना उत्कृष्ट शिक्षक, कर्मचारीहरुलाई सम्मान गरिएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित