तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

चारपाला सामुदायिक बनमा निशुल्क सुगर परिक्षण, रक्तदान र सांस्कृतिक कार्यक्रम सम्पन्न (तस्वीरहरु)

बुटवल । लुम्बिनी प्रदेश सभाका सदस्य भोजप्रसाद श्रेष्ठले वन क्षेत्रलाई सवैले जोगाउनुपर्ने अहिलेका मुख्य आवश्यकता रहेको बताएका छन् । पछिल्लो समय भइरहेको जलवायु परिवर्तनका कारण समयमा पानी नपर्नुका साथै भुक्षियको समेत जोखिम बढिरहेकाले बन क्षेत्रलाई जोगाएमा मात्र प्राकृतिक रुपमा हुने क्षतीलाई न्यूनिकरण गर्न सकिने उनको भनाई छ ।

बुटवल १२ तामनगरमा रहेको चारपाला सामुदायिक वन उपभोत्ता समुहले आयोजना गरेको रक्तदान, निशुल्क सुगर परिक्षण तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सांसद श्रेष्ठले वनको आवश्यकता अहिले बढ्दै गइरहेको बताए । साथै उनले अब गर्मीयाम सुरु हुन लाग्दा बन क्षेत्रमा डडेलो लाग्न सक्ने जोखिम भएकाले डडेलो बाट बनलाई जोगाउन सवै समुदाय लाग्नुपर्ने बताए ।

बनमा नयां पालुवा पलाउने नाममा कतिपय स्थानमा डडेलो समेत लगाउने गरिएको भन्दै उनले डडेलो बनमा लाग्दा जीवजन्तु, पशुपन्छीको बासस्थान मासिने बताए । बन जोगाएमा मात्र उपभोत्ताहरुलाई आवश्यक पर्दा समुह मार्फत काठ, दाउरा दिने भएकाले पनि बनको संरक्षण प्रमुख कर्तव्य रहेको उनको भनाई छ । साथै उनले अब बन क्षेत्रलाई पर्या पर्यटनको क्षेत्रमा विकास गर्नुपर्ने समेत बताए ।


कार्यक्रममा बोल्दै समुहका अध्यक्ष जगनाथ शर्मा पौडेलले उपभोत्ताले माग गरे बमोजिम जंगलबाट काठ दाउंरा निकाल्न केही नितीगत झन्झट रहेको भन्दै त्यसलाई प्रदेश सरकारले सहजीकरण गर्न आग्रह गर्नुभयो । साथै उनले उपभोत्ता समुह मार्फत बर्षेनी जंगलमा बृक्षारोपणका कार्यक्रमलाई अगाडि बढाउंदै लगिएको बताए । त्यस बाहेक सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, स्वास्थ्य परिक्षण, सरसफाईका कार्यक्रमलाई पनि समुहले प्राथमिकतामा राखेको बताए ।


उक्त कार्यक्रममा ११० जनाले रक्तदान गरेको थिए भने २७० जनाको निशुल्क सुगर परिक्षण गरिएको कार्यालय सचिव विनोद आचार्यले जानाकारी दिए । त्यस्तै विभिन्न विद्यार्थीहरुलाई छात्रबृत्ति समेत वितरण गरिएको थियो । सांस्कृतिक कार्यक्रम तर्फ लोक तथा दोहोरी गायक खुमन अधिकारी, लक्ष्मण खड्का, जमुना सनम लगाएतले प्रस्तुती दिएका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित