रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

लुम्बिनी पाठशाला मन्टेश्वरी तथा डे केयर सेन्टरको तेस्रो बार्षिक उत्सव सम्पन्न

बुटवलमा मा रहेको लुम्बिनी पाठशाला मन्टेश्वरी तथा डे केयर सेन्टरले सरस्वती पूजा तथा तेस्रो बार्षिक उत्सवकार्यक्रम सम्पन्न गरेको बिद्यालय परिसरमा प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइनेश्रीपञ्चमीपर्व संगैबिद्यालयको बार्षिक उत्सव मनाईएकोे हो

कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले बुटवल नगरलाई शैक्षिकक्षेत्रमा अब्बल गराउन सबैको साथ सहयोग आवश्यक रहेको बताए प्रमुख पाण्डले मन्टेश्वरी शिक्षाबाटै बिद्यार्थीकोशैक्षिक जग बस्नेहुदा अभिभावक  शिक्षक संगै सरोकारवालाले पनि शिक्षाका बिषयमा निरन्तर छलफल आवश्यकरहेको बताए  

लुम्बिनी पाठशाला मन्टेश्वरी  तथा डे केयर सेन्टरका अध्यक्ष डा शकुन्तला गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममाबोल्दै वडा नम्बर का अध्यक्ष लोकनाथ न्यौपानेले वडामा रहेको बिद्यालयको शैक्षिक गुणस्तर सुधारमा सधै साथ दिनेबताए  

नेपाल अभिभावक महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष हेम थापाले बालबालिकाको समग्र विकास संगै शैक्षिक गुणस्तरकायम गर्न आवश्यक रहेको बताए आफ्ना बालबालिकाहरुको बिद्यालयको वातावरण, त्यहाँ हुने शिक्षण सिकाईकाबारेमा अभिभावकले  पनि सधै चासो राख्न जरुरी रहेको बताए  

मानव अधिकार तथा शान्ती समाजका केन्द्रिय सदस्य डि पी खनालले बालबालिकाको मानव अधिकारका बिषयमाअभिभावक शिक्षकले ध्यान दिनुपर्ने बताए  

कार्यक्रममा बिद्यालयमा उत्कृष्ट बिद्यार्थी, उत्कृष्ट शिक्षक, बिद्यालयलाई सहयोग गर्दे आउनुभएका सहयोगी दाता, असल अभिभावक,अनुशासित बिद्यार्थीलाईहरुलाई पुरस्कार बितरण गरिएको संस्थाका प्रबन्ध निर्देशक मिठुभण्डारीले जानकारी दिज्ञ  

बिद्यालयका प्रधानाध्यापक सरस्वती ढुंगानाले विद्यालयले माघ महिनाभर अक्षरारम्भ गराउने विद्यार्थीलाई भर्नामाबिशेष छुट दिएको जानकारी गराउदै लुम्बिनी पाठशाला  मन्टेश्वरी तथा डे केयर सेन्टरमा शान्त वातावरणमामन्टेश्वरीको नम्सभित्र रहेर शिक्षण सिकाई हुने गरेको बताए  

कार्यक्रममा बिद्यालयका सल्लाहकार लोक प्रसाद खरेल , तिलोत्तमा जेसीजका महासचिव महेश पौडेल ,बुटवलउपमहानगरपालिकाका इन्जिनियर ज्ञान प्रसाद अर्याल, तिलोत्तमा मा विका अध्यक्ष तारा ज्ञवाली, बिद्यालय यबस्थापनसमितिका सदस्य  सुमित्रा न्यौपाने ,लेखा प्रमुख डोलराज ढुंगाना ,समाजसेवि नुवादत्त ढुंगाना ,सामाजिक अभियन्ताभानु पोखरेल,टोल बिकास संस्थाका कृष्ण पाण्डे, ब्यवस्थापन समितिका उपाध्यक्ष मुन्नी न्यौपाने , अभिभावक, बिद्यालयका शुभचिन्तक लगायतको उपस्थिती रहेको थियो  

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार