तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

माघको अन्तिम साता नेशनल प्याब्सन खेल महोत्सव हुने

बुटवल निजि तथा आवासिय बिद्यालय एशोसियशन नेपाल (नेशनल प्याब्सन) रुपन्देहीले माघको अन्तिम साताखेलकुद महोत्सव गर्ने भएको

नेशनल प्याब्सन अन्तरगतका बिद्यालयका बिद्यार्थीको अन्तरनिहित खेलप्रतिभालाई बाहिर निकाल्न माघको माघ २८ २९ गते नवौँ नेशनल प्याब्सन खेलकुद महोत्सव २०७९ गर्ने भएको हो

नेशनल प्याब्सन रुपन्देहीको वार्षिक कार्यक्रम अन्तर्गत जिल्ला भित्रका नेशनल प्याब्सनमा आवद्ध विद्यालयकाविद्यार्थीहरुको शारीरिक, बौद्धिक  तथा सृजनात्मक क्षमतालाई अभिबृद्धि गर्ने कार्यतालिका अनुसार खेलकुद महोत्सवगर्न लागिएको नेशनल प्याब्सनका अध्यक्ष पुरुषोत्तम बस्यालले जानकारी दिए उनले विद्यार्थीहरुको सर्वाङ्गिणविकासमा महत्वपूर्ण भूमिका खेल्ने खेलकुदको माध्यमबाट विद्यालय तथा विद्यार्थीहरुबिच आत्मियता मेलमिलापकोभावना जागृत गराउने तथा खेलमा रुची राख्ने विद्यार्थीहरु प्रोत्साहित गर्न  हरेक वर्ष खेल महोत्सवको रुपमा मनाउँदैआइरहेको अध्यक्ष बस्यालले बताए।   विगत केही वर्षदेखि कोभिड १९ को कारण खेलकुद कार्यक्रम नियमित हुननसकेको यस वर्षदेखि पुनः खेलकुद कार्यक्रमलाई निरन्तरता दिन गइरहेको समेत उहाले जानकारी गराए माघ २८ २९ गते दुई दिनमा खेलकुद कार्यक्रम सम्पन्न गर्न नेशनल प्याब्सनका सहसचिव बिनोद थापा मगरलाई कार्यक्रमसम्योजकको जिम्मेवारी दिईएको सचिव बाबुराम बन्जाडेले जानकारी दिए। नवौँ खेलकुद महोत्सवमा सव जुनियर, जुनियर, सिनियर गरि तीन समूहमा विद्यार्थीहरुलाई विभाजन गरि एथलेटिक्सका विभिन्न खेलहरु टेबल टेनिसलगायतका खेल सञ्चालन गरिने कार्यक्रम सम्योजक बिनोद थापा मगरले जानकारी दिए  खेलकुद कार्यक्रममा सबैसमूहतर्फ गरि १२०० भन्दा बढी विद्यार्थीहरु प्रतियोगिको रुपमा सहभागिता रहने संयोजक थापाले बताए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित