रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

खानेपानी निर्माण तथा उपभोक्ता समिति नहरपुरको आयव्यव सार्वजनिक

बुटवल । खानेपानी निर्माण तथा उपभोक्ता समिति बुटवल ११ बुद्धनगर नहरपुरले आर्थिक वर्ष ०७८।७९को आयव्यव सार्वजनिक तथा अनुमोदन कार्यक्रम सम्पन्न गरेको छ ।

समितिले हरेक वर्ष साधारणसभा अगाडि वर्षभरका आयव्यय सबै उपभोक्तालाई डाकेर अनुमोदन गर्ने परम्परा बसालेको छ ।

साधारणसभामा उपभोक्ताबाहेक अन्य क्षेत्रका पाहुनालाई पनि बोलाइन्छ, पहिले आन्तरिक हिसाबमिलान गरेर अनुमोदन गरेपछि त्यो दिन नीतिगत सामुहिक विषयमा छलफल गर्न सजिलो हुन्छ– समितिका अध्यक्ष आशिष सूर्यवंशीले भने ।

यो समिति बुटवल क्षेत्रमा धेरै उपभोक्ता रहेको अन्र्तगत पर्दछ । यहाँ करिब १२ सय उपभोक्ता रहेका छन् ।

समितिका अध्यक्ष आशिष सूर्यवंशीको अध्यक्षता र सचिव अर्जुन जीसीको संचालनमा शनिबार भएको कार्यक्रममा कोषाध्यक्ष विष्णु जीसीले ३३ लाख ४३ हजार ३८ रुपैयाँको कारोबार भएको विवरण प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा चालुवर्षमा सार्वजनिक महशुलबाट ६० हजार १ सय ६१,निजी महशुल १८ लाख ७५ हजार ८ सय ४०, धारा जडान र नामसारीबाट २ लाख ६१ हजार १ सय ९ र बैंक ब्याजबाट ८ हजार ९ र अघिल्लो वर्षको अल्याबाट ११ लाख ३७ हजार ९ सय १८ गरी ३३ लाख ४३ हजार ३८ रुपैयाँ आम्दानी भएकोमा विभिन्न शिर्षकमा २२ लाख ६ हजार ८ सय ७५ खर्च भएको विवरण पेश भएकोमा सर्वसम्मतले अनुमोदन भएको थियो ।

कार्यक्रममा बुटवल ११ का जनप्रतिनिधि नकुल शाहीले उपभोक्ताको सचेतनाबाट खानेपानीको संरक्षण र वातावरणको संरक्षण हुने बताए । उनले आफ्नो क्षेत्रमा रहेको सार्वजनिक सम्पतिको संरक्षण गरेर गाउँटोललाई नमुना बनाउनुपर्ने बताए ।

कार्यक्रममा सल्लाहकार महेन्द्र भुसाल, भगवती टोलविकास संस्थाका अध्यक्ष टोपलाल भुसाललगायतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार