जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

अस्थिर एलिजा : फिल्म, म्युजिक भिडियो र टिभी हुँदै अब राजनीतिमा

केही म्युजिक भिडियाे र चलचित्रमा अभिनय गरेकी नायिका तथा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छन्।

शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरेर पार्टीकी अध्यक्ष तथा सांसद् रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन्।

पार्टीले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको उनले बताइन्। कार्यक्रममा उनले संक्षिप्त लिखित सम्बोधनसमेत गरेकी थिइन्।

जनताका हरेक अभाव पूर्ति गर्ने विषयमा आफ्नो पहल रहने उनले बताइन्। साथै उनले पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिइरहने विश्वाससमेत दिलाइन्।

गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन्। उनले छाेटाे समय प्राइम टाइम्स टेलिभिजनको कार्यकारी पदमा रहेरसमेत काम गरिन्।

चलचित्र, म्युजिक भिडियाे र टेलिभिजनकाे कार्यकारी पदमा रहेकी उनी अब भने राजनीतिमा प्रवेश गर्दा उनलाई कतिपयले अस्थिर भनेरसमेत टिप्पणी हुन थालेकाे छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित