रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

अस्थिर एलिजा : फिल्म, म्युजिक भिडियो र टिभी हुँदै अब राजनीतिमा

केही म्युजिक भिडियाे र चलचित्रमा अभिनय गरेकी नायिका तथा कलाकार एलिजा गौतम नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेकी छन्।

शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरेर पार्टीकी अध्यक्ष तथा सांसद् रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा स्वागत गरेकी हुन्।

पार्टीले लिएको विचारबाट प्रभावित भएर आफू पार्टीमा प्रवेश गरेको उनले बताइन्। कार्यक्रममा उनले संक्षिप्त लिखित सम्बोधनसमेत गरेकी थिइन्।

जनताका हरेक अभाव पूर्ति गर्ने विषयमा आफ्नो पहल रहने उनले बताइन्। साथै उनले पार्टीले बोकेको उद्देश्य पूरा नहोउञ्जेलसम्म अहोरात्र खटिइरहने विश्वाससमेत दिलाइन्।

गौतम चर्चित पत्रकार ऋषि धमलाकी पत्नी हुन्। उनले छाेटाे समय प्राइम टाइम्स टेलिभिजनको कार्यकारी पदमा रहेरसमेत काम गरिन्।

चलचित्र, म्युजिक भिडियाे र टेलिभिजनकाे कार्यकारी पदमा रहेकी उनी अब भने राजनीतिमा प्रवेश गर्दा उनलाई कतिपयले अस्थिर भनेरसमेत टिप्पणी हुन थालेकाे छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार