एघारौँ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई एभरेष्ट कप छात्रा भलिबलको फाइनल र सेमिफाईनलका खेल बुधबार हुने एघारौ जिल्लास्तरीय अन्तर मावि एभरेष्ट कप छात्रा भलिवल प्रतियोगिता सुरु देवसिद्ध खानेपानीको १४ औं साधारणसभा बुटवलमा माघ १ गते ‘रम्मिता को पिरती’ सांगीतिक कार्यक्रम आयोजना हुँदै प्राणीशास्त्र सम्बन्धी दोस्रो राष्ट्रिय सम्मेलन बुटवलमा सुरु जालझेल गरेर भुमाफियाले जग्गा विक्री गरिएको भन्दै न्याय दिन आग्रह सैनिक आवासीय बुटवलको प्रथम अभिभावक दिवस सम्पन्न धौलागिरी बहुउद्देश्यीय सहकारीको २६औँ वार्षिक साधारण सभा सम्पन्न न्यू होराईजन जिविएस स्कुलले पुस ३० गते ३२ औं बार्षिकउत्सव मनाउने                
समाचार :

गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न

रुपन्देहीको देवदहमा एक दिने गुड टच व्याड टच तालिम तथा साईवर क्राईम सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीको आयोजना, ईलाका प्रहरी कार्यालय बुटवलको सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीले देवदह मदरटङ्गस एकेडेमीका विद्यार्थीहरुलाई लक्षित गर्दै उक्त कार्यक्रम गरेको हो । राष्ट्रिय युवा संघ नेपाल जिल्ला महिला विभाग रुपन्देहीका संयोजक श्रद्धा कुवरको अध्यक्षता र देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गको प्रमुख आथ्यितामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रमा बोल्दै उपप्रमुख गुरुङ्गले नागरिकहरुमा सचेतना नहुदा महिला हिंसा बढिरहेको बताईन । उनले यौन जन्य हिंसा न्यूनिकरण गर्न यस्ता तालिमले महत्वपूर्ण सहयोग गर्नेमा जोड दिईन ।समाज परिवर्तनमा युवाहरुको भूमिका महत्वपूर्ण रहेकोले यौन हिंसा तथा साईवर क्राईम रोक्नको लागि विद्यालय तहबाट नै सचेतना कार्यक्रम गर्न आवश्यक रहेकोमा जोड दिईन ।
कार्यक्रममा साईवर क्राईमको वारेमा ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले विद्याथीहरुलाई सचेतना गराएका थिए । कार्यक्रममा युवा सघका नेपालका केन्द्रीय सदस्य तथा लुम्बीनि प्रदेश सह सयोजक सुरज खरेल ,जिल्ला सह सयोजक बिकास गहतराज यसैगरी गुड टच व्याड टच सम्वन्धी डा. अनामिका वस्यालले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए ।
ईसा अर्यालको संचालनमा भएको कार्यक्रममा नेकपा एमाले देवदह नगर कमिटीका ईन्चार्ज यम राना, देवदह मदरटङ्गस एकेडेमीका प्रिन्सिपल रामबहादुर गुरुङ्ग लगायतले आ–आफना भनाई राखेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित