रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

बुटवलको अक्सफोर्ड मा।वि मा पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम (तस्वीरहरु)

बुटवल । बुटवल वडा नं. ८ मा रहेको अक्सफोर्ड माध्यमिक विद्यालयले मंगलबार आधरभुत तहको पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गादत्त भण्डारीको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख मित्रमणी खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका खनालले रुपन्देहीको शैक्षिक विकासमा अक्सफोर्डले पुराएको योगदान अतुलनिय रहेको भन्दै थप शैक्षिक प्रगतिको कामना गरे । उनले अक्सफोर्ड विद्यालयले विद्यार्थीहरुलाई प्रयोगगात्मक शिक्षामा जोड दिदै आएको भन्दै अब विद्यार्थीहरुलाई नैतिक शिक्षा पनि जरुरी रहेको बताए । विद्यार्थीहरुको क्षमता शिक्षकहरुले जान्नुपर्ने र शैक्षिक क्रियाकलाप संगै अतिरिक्त क्रियाकलापमा पनि जोड दिनुपर्ने उनको भनाई थियो ।
विद्यालयका प्राचार्य दिनेश भुसालले विद्यालयले संस्कार सहितको शिक्षालाई प्राथमिकतामा राखेको बताए । उनले विद्यार्थीहरुको संख्या बढाउने प्रतिस्पर्धा आफुहरुले कहिल्यै नगरेको भन्दै आफ्नो प्रतिस्पर्धा शैक्षिकको गुणात्मक विकासका लागि भइरहेको बताए ।
उनले शिक्षकको मेहनत, अभिभावकको विश्वास र साथका कारण अक्सफोर्ड माध्यमिक विद्यालयले ईन्टरनेशनल स्कुल अवार्ड (आईएसए) प्राप्त गरेको उल्लेख गर्दै नैतिक र प्रयोगात्मक शिक्षा प्रदानका लागि बर्षेनी शिक्षकहरुलाई विभिन्न तालिमहरु समेत प्रदान गर्दै आएको बताए ।
कार्यक्रममा शैक्षिक सत्र ०७८ मा उत्कृष्ट भएका प्रि नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै विद्यार्थीहरुले विभिन्न जातजाती, धर्म, संस्कृति संग जोडिएर कला तथा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा प्याव्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्मा, अभिभावक संघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली लगाएतले बोलेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार