तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

रोहिणी–३ वडा कार्यालयद्वारा कम्बल वितरण

भैरहवा ।

रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालय धकधई, रुपन्देहीले वडा नम्बर ३ मा रहेका एकल महिलाहरुलाई कम्बल वितरण गरेको छ । वडा कार्यालयले सोमबार धकधईमा एक कार्यक्रमकाबीच कम्बल वितरण गरेको हो ।

चिसो मौसमलाई मध्यनजर गर्दै १४० जनालाई कम्बल वितरण गरिएको रोहिणी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । उनले भने, ‘नागरिकलाई विकासको अनुभुति दिलाउन लागिपरेका छौं, थुप्रै काम गर्न बाँकी छ । ’उनले सबैले समेट्न सकियोस् भन्ने उद्देश्यले कम्बल वितरण गरिएको बताए ।

कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले स्थानीय सरकारलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिए । उनले स्थानीय सरकारले जनताको पीर मर्का नजिकसँग बुझ्न पाएको बताए । जनता र सरकारबीचको सम्बन्धलाई स्थानीय सरकारले थप बलियो बनाएको उनको भनाइ थियो । अध्यक्ष यादवले भने, ‘जनतालाई नजिकबाट सेवा दिन्छौं, रोहिणीलाई नमूना गाउँपालिका बनाउँछौं, विकासका एजेण्डामा एकताबद्ध छौं । ’

गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ति हरिजनले रोहिणी गाउँपालिका ३ नम्बर वडा कार्यालयले राम्रो काम गरेको बताइन् । उनले आगामी वर्षहरुमा पनि यस्ता कामलाई निरन्तरता दिनुपर्ने बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले सबैलाई समेट्न र सँगसँगै लैजाने प्रयास गरेको बताए । उनले स्थानीय सरकार पालिकाको विकासका लागि नागरिकसँग हातेमालो गर्दै अघि बढेको बताए ।

रोहिणी गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य जुद्ध प्रकाश चौधरीले नागरिकको समस्या समाधानमा वडा कार्यालय र गाउँपालिका लागिपरेको बताए ।

रोहिणी गाउँपालिकाका प्रवक्ता तथा रोहिणी–३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीको अध्यक्षता, गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवको प्रमुख आतिथ्यता, सरस्वती विश्वकर्माको स्वागत तथा रोहिणी–३ की वडा सचिव पूर्णिमा घिमिरेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित